लगानी सम्मेलनले नेपाललाई विश्व सामु चिनाउनेछ : मन्त्री खतिवडा

471
  •  
  •  
  •  

काठमाडौं, १३ चैत(ओएनएस) : अर्थमन्त्री डा.युवराज खतिवडाले यहि चैत १५ गतेबाट शुरु हुने लगानी सम्मेलनले नेपाललाई विश्व सामु चिनाउने अवसरको रुपमा उपयोग गर्ने बताएका छन् ।

सूचना प्रविधि तथा सञ्चार मन्त्री गोकुल बाँस्कोटा र निजी क्षेत्रलाई राखेर लगानी सम्मेलन बारे जानकारी गराउँदै उनले लगानी सम्मेलन सबै नेपालीको उत्सव भएको बताए ।

सरकारले लगानी सम्मेलनमार्फत स्वादेशी तथा विदेशी निजी क्षेत्रबीच लगानी ल्याउनको लागि पुलको वातावरण बनाउने बताए ।

विदेशी लगानी भित्र्याउनको लागि २०० मेगावाट भन्दा ठुला जलविद्युत आयोजना र ६ अर्ब भन्दा माथिका परियोजनाको लागि लगानी बोर्डबाट एकद्धार प्रणालीमार्फत काम गरिने भन्दै मन्त्री खतिवडाले सो भन्दा सानो परियोजनामा उद्योग मन्त्रालय मार्फत एक द्धार प्रणाली मार्फत काम हुने जानकारी गराए ।

सरकाले गर्न लगेको लगानी सम्मेलन २०७३ मा गरेको लगानी सम्मेलनको परिस्कृत स्वरुप रहेको भन्दै उक्त समयमा आएका लगानी प्रतिवद्धतालई अगाडी बढाउँदै थप नयाँ लगानी प्रतिवद्धताको लागि पुनः लगानी सम्मेलनको आयोजना गरिएको अर्थमन्त्रीले बताए ।

निजी क्षेत्रले विदेशबाट ऋण ल्याउँदा उनीहरुले सरकारको ग्यारेन्टी खोज्ने भन्दै त्यस्तो अवस्थामा लगानीको लागि सरकाले मध्यस्थता गर्न तयार रहेको उनको भनाइ छ ।

ठुला परियोजनाको वित्तीय असुविधालाई मध्यनजर गर्दै सरकारले हेजिङ विनियमावली ल्याएको पनि उनले बताए ।
अर्थमन्त्री खतिवडाले केही दिन भित्रमा माथिल्लो त्रिशुली जलविद्युत आयोजनाबाट हेजिङ कार्यान्वयन गरिने बताए ।
सो अवसरमा नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष भवानी राणाले निजी क्षेत्रले नेपालमा वैदशिक लगानी भित्र्याउने सुवर्ण अवसरको रुपमा लिएको बताइन् ।

नेपाल चेम्बर अफ कमर्सका अध्यक्ष राजेश काजी श्रेष्ठले सरकारले लगानी सम्बन्धी ऐन कानून बनाउने तथा परिमार्जन गरिरहेकोले निजी क्षेत्र पनि सरकासँगै उभिएकोमा जोड दिए ।

नेपाल उद्योग परिसंघका अध्यक्ष हरिभक्त शर्माले विदेशी लगानीकर्ताहरुलाई रेट अफ रिर्टनको आधारमा नेपाल विश्वमै उत्कृष्ट मुलुक रहेको बताए ।


  •  
  •  
  •