अब विदेशी लगानीको लागि राष्ट्र बैंकको स्वीकृति नचाहिने

65
  •  
  •  
  •  

काठमाडौं । नेपाल राष्ट्र बैंकले विदेशी लगानीलाई सहजिकरण गर्दै केन्द्रिय बैंकको स्वीकृति नचाहिने व्यवस्था गरेको छ ।

राष्ट्र बैंकले विदेशी लगानी तथा विदेशी ऋण व्यवस्थापन विनियमावली, २०७८ ले विदेशी लगानी भित्राउनको लागि सहजिकरण गरेको हो ।

विदेशी लगानीकर्ताले विदेशी लगानी स्वीकृति गर्ने निकायबाट विदेशी लगानीको स्वीकृति प्राप्त गरे पश्चात सोबापतको विदेशी मुद्रा नेपाल पठाउन वा भित्र्याउन राष्ट्र बैंकबाट पूर्व स्वीकृति लिन अनिवार्य नहुँने व्यवस्था विनियमावलीले गरेको छ ।


  •  
  •  
  •