नुवाकोट, ३ असार (ओएनएस) : नुवाकोटमा एक महिलाले तिम्ल्याह सन्तानको जन्म दिएकी छिन् । नुवाकोटको
उर्लेनी ४ तितुङगाउँका २१ वर्षीया मंगली तामाङले तीन सन्तानको जन्म दिएकी हुन् । आइतबार उनले आफ्नै घरमा तीन सन्तानलाई जन्म दिएपनि ढिलो गरि जिल्लामा खबर फैलिएको छ । चिकित्सकको परामर्श र सहयोग विना बच्चा जन्मिएपनि सबै स्वस्थ रहेको स्थानीयले बताएका छन् । उनले दुई छोरा र एक छोरीको जन्माएको जन्माएकी छन् । बच्चा जन्मिएको खबर पाएपछि स्थानिय स्वास्थ्य चौकीका स्वाथ्यकर्मी स्वास्थ्य अवस्था बुझ्न घरमै पुगको थिए ।