लेडी गागा बनिन् म्यागाजिनकी सम्पादक

286
  •  
  •  
  •  

lady-gagaकाठमाडौँ, १० मंसिर(एजेन्सी) : अमेरिकन हरर स्टोरी(होटेल) की स्टार लेडी गागालाई भि म्यागाजिनको जनवरी अंकको अतिथि सम्पादक बनाइएको छ । उनलाई अतिथि सम्पादक बनाउनुका साथै कभर पेजमा उनको तस्विर छापेर उनलाई सम्मान समेत व्यक्त गरिएको छ ।

पीपुल म्यागाजिनको एक रिपोर्टका अनुसार २९ वर्षकी गागाले उक्त अंकका लागि निक नाइट, स्टिवन, क्लेन, इनेज र विनुध सहित आफ्ना नजिकका मानिसहरूको मद्दत लिएकी छिन् ।

सम्पादक बनेकी गागाले भनेकी छिन्, ‘भीको यो अंक सबै मानिसको हो, जसको साथमा आएर कला र फेसनको एक उत्साह पैदा गरेका छन्, जसले वास्तवमा राम्रो काम गरेका थिए र अवस्थालाई परिवर्तन गरेका छन् ।


  •  
  •  
  •