पहिले सामूहिक बलात्कार, पछि धर्म परिवर्तनको प्रयास

314
  •  
  •  
  •  

rape-case_thumbकाठमाडौ, २७ मंसिर(एजेन्सी) : उत्तर प्रदेशको मेरठमा एक युवतीले आफूलाई सामूहिक बलात्कार र जबरजस्ति धर्म परिवर्तनको प्रयास गरेको आरोप लगाएकी छिन् । मेरठको किठौर थाना क्षेत्रकी युवतीले उनलाई ६ महिनासम्म आग्रामा बन्धक बनाएर राखिएको बताएकी छिन् । यस क्रममा उनमाथी सामूहिक बलात्कार गरिएको र पछि धर्म परिवर्तन गराउने प्रयास गरिएको आरोप लगाएकी छिन् ।

प्रहारीलाई दिएको बयानमा पीडित युवती एउटा फोटो स्टुडियोमा काम गर्थिन् । करिब ८ महिना पहिले गाऊँको एक अध्यापकले उनलाई मनिष नामका एक युवकसँग भेटाएका थिए । पीडित युवतीलाई मनिष एक व्यापारी भएको र आग्रामा उसको फ्याक्ट्रीहरू रहेको बताइएको थियो । युवतीले मनिषले उनलाई जागिर दिने बहाना बनाएर आग्रा लिएर गएको र आफूलाई बन्धक बनाएको आरोप उनले लगाएकी छिन् । यसक्रममा मनिष र उनका भान्जा पीयुषले उनको बलात्कार गरे र धर्म परिवर्तन गराउने प्रयास गरे । विरोध गर्दा उनलाई र उनको परिवारलाई मार्ने धम्की समेत दिइएको उनको भनाई छ ।

करिब दुई महिना पहिले मौका पाएपछि भागेर मेरठ आइपुगेको उनले बताइन् । आरोपीको डरले २ महिनासम्म उनी चुपचाप रहिन्, तर जब धैर्यको बाँध टुट्यो उनले आफूमाथी भएको घटनाबारे प्रहरीलाई जानकारी दिँदै प्रहरीमा मुद्धा दर्ता गराइन् । प्रहरी अहिले घटनाको अनुसन्धानमा लागेको बताइएको छ ।


  •  
  •  
  •