आईएसमा नयाँ भर्ति, लडाकू संख्या ३० हजार

540
  •  
  •  
  •  

काठमाडौं २७ भदौ । अमेरीकी गुप्तचर संस्था सीआईएले इराक र सीरियामा सकृय रहेको इस्लामिक स्टेट आईएसले आफ्नो लडाकूको संख्या पहिलेभन्दा तीन गुणा बढाएको दाबी गरेको छ ।

सीआईएका प्रवक्ता रेयान तरपानीले आईएस लडाकूको संख्या २० हजारदेखि ३१ हजारकोबीचमा रहेको र यो अनुमान अगष्टको मध्यतिर प्राप्त सूचनामा आधारित रहेको बताएका छन् ।  यसअघि आईएसको लडाकू संख्या १० हजार भएको सार्वजनिक भएको थियो ।

प्रवक्ता तरपानीले लडाँईमा पाएको जित र सकृयताका कारण आइएसले लडाकू भर्ति बढाएको बताएका छन् । इराकको महत्वपूर्ण क्षेत्रमा कब्जा गरेपछि यस बर्षको जुनमा आईएसले इराक र सीरियामा इस्लामिक राज्यको घोषणा गरेको थियो ।

आइएसका प्रमुख अबु बकर अल अल बगदादीले आफूलाई विश्वका मुसलमान नेताको घोषित गरका थिए । इस्लामिक विद्राही विरुद्ध लड्न अमेरिकाले ४ सय ७५ अमेरीकी सैन्य अधिकारी इराक पठाउने  र सीरियामा आइएस विरुद्ध हवाई आक्रमण गर्ने घोषणा गरेलगत्तै यो तथ्याङक सार्वजनि भएको हो ।


  •  
  •  
  •