बराबरी खेल्दा बार्सिलोनालाई लाग्यो घाटा

205
  •  
  •  
  •  

काठमाडौं, २८ मंसिर (एजेन्सी) : स्पेनिस ला लिगामा स्पेनिस क्लब बार्सिलोना बराबरीमा रोकिदा शीर्ष रियल म्याड्रिडसँगको अंक दूरी कम बनाउनबाट चुकेको छ ।

ला लिगामा बार्सिलोना गेटाफेसँग गोलरहित बराबरीमा रोकिएपछि रियलसँग ४ अंकले पछि परेको हो । शनिबार राति नै अल्मेरियालाई ४–१ ले हराएको रियल म्याड्रिडको १५ खेलबाट ३९ अंक छ भने बार्सिलोनाको ३५ अंकमात्र भएको छ । बार्सिलोनाका लियोनेल मेस्सीले दोस्रो हाफको सुुरुमै गोल गर्ने मौका पाए पनि त्यसलाई सदुपयोग गर्न नसक्दा महत््वपूर्ण ३ अंक बटुल्न असफल भएको हो ।

ला लिगामा २ सय ५५ गोल गरिसकेका मेस्सीको प्रहार पोस्टमा लागेर फर्केको थियो । ला लिगाअन्र्तगत गएराति नै भएका अन्य खेलमा भ्यालेन्सिया र मालागा विजयी भए । भ्यालेन्सियाले रायो भलकानोलाई ३–० ले हरायो भने मालागाले सेल्टा डि भिगोलाई १–० ले पराजित ग¥यो ।

Real


  •  
  •  
  •