२५ औँ पटक ला लिगा च्याम्पियन बार्सिलोना

340
  •  
  •  
  •  

१७ वैशाख–बार्सिलोनाले स्पेनिस ला लिगा फुटबलको उपाधि जितेको छ । अाज बिहना भएको खेलमा डिपोर्टिभो लाकोरुनालाई ४–२ ले हराउँदै बार्सिलोनाले उपाधि हात पारेकाे हाे।

लियोनेल मेस्सीले ३ तथा फिलिप कोटिन्होले १ गोल गरी बार्सिलोनाले उपाधी पाएकाे हाे।

खेलको सातौं मिनेटमा फिलिप कौटिन्होको गोलबाट बार्सिलोनाले अग्रता लिएको थियो । यससँगै बार्सिलोनाले २५ औँ पटक ला लिगा च्याम्पियन भएको हो । अहिलेसम्म सबैभन्दा धेरै रियल मड्रिडले ३३ पटक ला लिगा च्याम्पियन भएको छ ।


  •  
  •  
  •