ला लिगामा रियलको जित, रोड्रिगेजको खुट्टा भाँच्चियो

360
  •  
  •  
  •  

२२ माघ (एजेन्सी) : स्पेनिस ला लिगा फुटबलमा रियल म्याड्रिडले सेभिल्लालार्ई २–१ ले पराजित गरेको छ ।

बुधबारराति सम्पन्न खेलमा जितसंगै लिग लिडर रियल म्याड्रिडले दोस्रो स्थानको बार्सिलोनासँग चार अंकको अग्रता कायमै राखेको छ ।

रियल म्याड्रिडका जेम्स रोड्रिगेजको दाहिने खुट्टा भाँचीएको छ । खेलको १२ औं मिनेटमा गोल गर्दै टिमलाई अग्रता दिलाएका जेम्सले चोट करण २७ औं मिनेटमा मैदानबाट बाहिरिएका थिए । जेम्सले अब कम्तिमा दुई महिनासम्म खेल खेल्न नसक्ने भएका छन् ।

त्यसअघि नवौं मिनेटमा सजिर्ओ रामोस पनि चोटका कारण मैदानबाट बाहिरिएका थिए । खेलको ३६ औं मिनेटमा जोसेले गोल गरेपछि पहिलो हाफमा रियल म्याड्रिड २–० को अग्रता कायम गर्न सफल भयो । खेलको ८० औं मिनेटमा सेभिल्लाले एक गोल ग-यो । २–१ को अग्रता लिएको रियल म्याड्रिडकोे २१ खेलबाट ५४ अंक भएको छ भने दोस्रो स्थानमा रहेको बासिर्लोनाको समान खेलबाट ५० अंक छ ।


  •  
  •  
  •