मेस्सीको निर्णायक गोलमा बार्सिलोना विजयी

170
  •  
  •  
  •  

१९ माघ (एजेन्सी) : स्पेनिस ला लिगामा लिओनल मेस्सीको निर्णायक गोलको मद्दतमा बासिर्लोनाले भिल्लारियललाई ३–२ ले पराजित गरेको छ ।

जितसँगै बासिर्लोनाले लिग लिडर रियल म्याड्रिडमाथि दबाव कायमै राखेको छ । बासिर्लोनाको २१ खेलबाट ५० अंक भएको छ भने रियल म्याड्रिडको ५१ अंक छ । बासिर्लोनाको घरेलु मैदान क्याम्प नाउमा भएको खेलमा भिल्लारियलले दुई पटक अग्रता लिएपनि जोगाउन सकेन ।

खेलको ३० औं मिनेटमा डेभिस चेरिशेवले गोल गर्दै भिल्लारियललाई अग्रता दिलाए । तर, पहिलो हाफको अन्तिम समयमा नेयमारले बराबरी गोल फर्काए । रफिन्हाको प्रहार भिलरियलले पन्च गरेपछि बाउन्स भएको बलमा उनले गोल गरे ।

दोस्रो हाफको ५१ औं मिनेटमा भीटोले गोल गरेपछि बासिर्लोना २–१ ले पछि प¥यो । तर, त्यसको दुई मिनेटपछि नै रफिन्हाले घरेलु टोलीका लागि बराबरी गोल गरे । स्वरेजको पासमा मेस्सीको हेड विपक्षी खेलाडीमा ठोक्किएर फर्किएको बलमा उनले गोल गरेका हुन् । खेलको ५५ औं मिनेटमा स्वरेजको पासमा मेस्सीले गोल गर्दै बासिर्लोनालाई ३–२ को अग्रता दिलाए ।


  •  
  •  
  •