ला लिगामा रियल मड्रिड शीर्ष स्थानमा

91
  •  
  •  
  •  

एजेन्सी । स्पेनिस ला लिगा फुटबलमा रियल मड्रिड तालिकाको शीर्ष स्थानमा उक्लिएको छ । शनिबार भएको खेलमा रियलले हुयस्कालाई ४–१ गोल अन्तरले पराजित गरेको हो । शीर्ष स्थानमा रहेको रियलको १६ अंक रहेको छ । दोस्रो स्थानमा रहेको रियल सोसिडाडको १४ अंक छ । रियलको जितमा करिम बेन्जिमाले दुई तथा, फेडरिको भाल्भाडे र इडन हाजार्डले एक एक गोल गरेका थिए ।


घरेलु मैदानमा रियलले ४० औं मिनेटमा अग्रता लिएको थियो । उसका लागि हाजार्डले गोल गर्दै अग्रता दिलाएका थिए । ४५ औं मिनेटमा बेन्जिमाले गोल गरेपछि रियलले पहिलो हाफमा २–० को अग्रता लिएको थियो ।

भाल्भाडेले ५४ औं मिनेटमा टिमका लागि तेस्रो गोल गरे । ७४ औं मिनेटमा डेभिड फेरिरोले गोल गर्दै हुयस्कालाई खेलमा फर्काउन खोजेका थिए । तर, रियलका लागि बेन्जिमाले ९० औं मिनेटमा गोल गरेपछि ४–१ गोल अन्तरले विजयी भएको हो ।


  •  
  •  
  •