ला लिगामा बिलवाओको शानदार जित

83
  •  
  •  
  •  


एजेन्सी । स्पेनीस ला लिगा फुटबलमा एथ्लेटिक बिलवाओले शानदार जित निकालेको छ । सोमबार राति भएको खेलमा गेटाफेलाई ५–१ गोल अन्तरले पराजित गर्दै बिलवाओ तालिकामा २४ अंक बनाउँदै नवौं स्थानमा पनि पुगेको छ । बिलवाओ शुरुमै पछि परे पछि उत्कृष्ट पुनरागमन जित निकाल्न सफल भयो ।

गेटाफको मार्क कुकुरेल्ला सासेस्टाले पहिलो मिनेटमै गोल गर्दै अग्रता दिलाएका थिए । उक्त अग्रतालाई भने गेटाफेले जोगाउन असफल रह्यो । १२ औं मिनेटमा राहुल गार्सियाले गोल गर्दै बिलवाओलाई बराबरीमा ल्याएका थिए ।
पहिलो हाफ दुवै टिमले एक एक गोलको बराबरी खेले पनि बाँकी चार गोल बिलवाओले दोस्रो हाफमा गरेको हो । ५० औं मिनेटमा यारे अल्भारेज लोपेजले गोल गरेपछि बिलवाओले अग्रता २–१को लियो ।

यस्तै ६१ औं मिनेटमा गार्सियाले व्यक्तिगत दोस्रो गोल गरेपछि बिलवाओ फराकिलो जित तर्फ अघि बढेको थियो । ७५ औं मिनेटमा एलेजान्द्रो बेरेनगुएरले गोल थपेपछि ४–१ ले अघि बढेको थियो भने ८२ औं मिनेटमा ओस्कर मार्कोसले गोल गर्दै ५–१ को फराकिलो जित दिलाए ।


  •  
  •  
  •