चलचित्र ‘क्या कुल है हम-३’माथी पाकिस्तानमा प्रतिबन्ध

320
  •  
  •  
  •  

kya-kool-hai-hum-3काठमाडौँ, माघ(एजेन्सी) : आफताब शिवदासानी र तुषार कपूरद्वारा अभिनित बलिउड कमेडी चलचित्र ‘क्या कुल है हम -३’ को प्रदर्शनमाथी पाकिस्तानले प्रतिबन्ध लगाएको छ । पाकिस्तानी सेन्सर बोर्डले चलचित्र जनताले हेर्न नमिल्ने बताएको छ ।

केन्द्रीय चलचित्र प्रमाणन बोर्डले प्रान्तीय सेन्सर बोर्डले सोमबार भएको एक बैठकले चलचित्र सार्वजनिक प्रदर्शनको योग्य नभएको निर्णय गरेको थियो । सीबीएफसी प्रमुख मुबाशीर हसनले चलचित्र निकै अश्लिल भएको र भद्धा सम्वाद रहेको उल्लेख गरेका छन् ।

हसनले भने, ‘यस चलचित्रको विषयवस्तु तथा सम्वाद भद्दा छन् । बोर्ड आधिकारिक रूपले चलचित्र सार्वजनिक गर्नका लागि मन्जुरी दिँदैन ।’ हसनले यस चलचित्रलाई वयस्क श्रेणीमा राखेर पनि प्रदर्शनको अनुमति दिन नसकिने बताएका छन् । यस चलचित्रले अश्लिलताको सबै हद पार गरेको उनको भनाई छ ।


  •  
  •  
  •