कुवेतमा एक वर्षमा ४२ नेपालीले ज्यान गुमाए

216
  •  
  •  
  •  

काठमाडौं । एक वर्षको अवधिमा वैदेशिक रोजगारीका क्रममा कुवेत पुगेका ४२ जना नेपालीले ज्यान गुमाएका छन् ।
रोजगारीका लागि सन् २०१९ मा कुवेतमा ४२ जना नेपालीको मृत्यु भएको कुवेतस्थित नेपाली दूतावासले जनाएको छ ।

दूतावासका अनुसार त्यसमा हृदयघात भई मृत्यु हुने कामदारहरुको संख्या १५ रहेको छ । मृत्यु हुने ४२ जनामा ३१ जना पुरुष र ११ जना महिला कामदार रहेका छन् ।

मृतकमध्ये सडक दुर्घटनामा मृत्यु हुनेको संख्या ५, कार्यस्थलको दुर्घटना तथा आगलागीमा परि ४ जना, झैझगडा र सांघातिक आक्रमणबाट १ जनाको मृत्यु भएको छ ।

मृत्युको कारण नखुलेका कामदारको संख्या ७ रहेको दूतावासले जनाएको छ । मृतकमध्ये ३ जनाले आत्महत्या गरेका छन् ।

कुवेतमा विभिन्न उद्योग र घरेलु कामदारका रूपमा नेपालीहरू जाने गरेका छन् । झन्डै ७० हजार नेपाली कामदार रहेको कुवेतमा २५ हजार भन्दा बढी नेपाली महिला कामदार रहेका छन् ।


  •  
  •  
  •