नेपालको उत्कृष्ट प्रदर्शन, कुवेतलाई ३ सय २६ रनको विजय लक्ष्य

143
  •  
  •  
  •  

काठमाडौ, २४ कात्तिक(ओएनएस) : कुवेतमा जारी एसीसी यु-१९ प्रिमियर लिगको आफ्नो दोस्रो खेलमा नेपालले कुबेतलाई ३ सय २६ रनको विशाल विजय लक्ष्य प्रस्तुत गरेको छ । मध्यक्रमका ब्याटस्म्यानले विष्फोटक ब्याटिङ गरेपछि नेपालले निर्धारित ५० ओभरको खेलमा आफ्ना ७ विकेट गुमाउँदै ३ सय २५ रनको योगफल तयार गरेको थियो ।

नेपाललाई उक्त स्कोरमा पुर्याउनका लागि आरिफ शेखले १ सय ११ बल खेल्दै ८७ रन जोडेका थिए । यस्तै, सौरभ खनाल र दीपेन्द्र सिंह ऐरैले विस्फोटक ब्याटिङ गर्दै सातौ विकेटका लागि ९६ रनको साझेदारी गरेका थिए । यसक्रममा सौरभले ३५ बलमा अविजित ६४ रन र दीपेन्द्रले २० बलमा ४८ रन जोडेका थिए । साथै कप्तान राजु रिजालले ३१ रन जोडेका थिए ।

कुवेतले केही बेरमा जवाफी ब्याटिङ थाल्नेछ ।


  •  
  •  
  •