कुवेतमा बालुवाको ढिस्कोले पुरिएर छ नेपालीको मृत्यु

60
  •  
  •  
  •  

काठमाडौं । कुवेतमा ६ नेपालीको बालुवाको ढिस्कोले पुरिएर ज्यान गएको छ ।

त्यहाँस्थित नेपाली दूतावासका अनुसार मृत्यु हुनेमा पाल्पाका एकबहादुर गाहा, सिरहाका गंगाराम चौधरी, ताप्लेजुङका वसन्त गुरुङ र दाङका श्यामनारायण चौधरी रहेका छन् । दुई मृतकको पहिचान हुन बाँकी रहेको छ ।

दुर्घटनामा परी धर्मेन्द्रकुमार शाह र मनोरथ मण्डल घाइते भएका छन् । घाइतेमध्ये शाहको कुवेतस्थित जाहरा अस्पतालमा उपचार भइरहेको र अर्का सामान्य घाइते मण्डल उपचारपश्चात कम्पनीमा फर्केको दूतावासले जनाएको छ ।

उनीहरु कुवेतस्थित ‘युनिभर्सल लेडर्स ट्रेडिङ एण्ड जनरल कन्ट्याक्टिङ कम्पनी’मार्फत अल मुट्ला सिटी प्रोजेक्टमा कार्यरत थिए ।


  •  
  •  
  •