कुवेतमा अस्थायी आवासीय भिसाको म्याद तीन महिना बढाउन सकिने

145
  •  
  •  
  •  

काठमाडौं । कुवेतमा अस्थायी आवासीय भिसाको म्याद तीन महिना बढाउन सकिने भएको छ ।

मे ३१ तारिखसम्म अस्थायी आवासीय भिसाको म्याद भएका नेपालीसहित विदेशी नागरिकले आफ्नो स्पोन्सरमार्फत तीन कुवेती दिनार शुल्क तिरेर भिसाको म्याद तीन महिना थप गर्न सकिने कुवेतमा रहेको नेपाली दूतावासले जनाएको छ ।

योभन्दा पहिले कुवेत भित्र रहेका र फेब्रअरी २९ सम्म आवासीय भिसा सकिएकाहरुको मे ३१ अर्थात तीन महिनाको लागि भिसाको म्याद स्वतः थप हुने निर्णय भएको थियो । मे ३१ मा यो समय सकिने भएकाले अब ३ कुवेती दिनार शुल्क तिरेर भिसाको म्याद थप्न सकिने भएको हो ।

दूतावासले जना अनुसार म्याद थप गर्नको लागि आफ्नो स्पोन्सर (रोजगारदाता)सँग सम्पर्क गर्ने र https://eres.moi.gov.kw/individual/ar/auth/login यस वेबसाइटमा गइ रजिष्टर नगरेका स्पोन्सरले रजिष्टर गर्नुपर्ने हुन्छ । पहिले रजिष्टर भइसकेका स्पोन्सरले लगइन मात्र गरे पुग्छ ।

रजिष्टर अथवा लगइन गरिसकेपछि स्पोन्सरले आफ्नो नाम र फोन नम्बर भरेर ग्यारेन्टी नोटमा क्लिक गर्नुपर्ने र त्यसपछि रिन्युअलमा क्लिक गर्नुपर्ने दूतावासले जनाएको छ ।

यस्तै कुवेतको नीजि क्षेत्रमा कार्यरत कामदारहरुलाई कुवेत सरकारले राहतको व्यवस्था गर्ने भएको छ ।

दूतवासका अनुसार राहत प्राप्त गर्नको लागि https://mosa.paci.gov.kw/Client/Home/ApplyRequests वेबसाइटमा गइ सिभिल आईडी नम्बर, सिभिल आईडीको पछाडि रहेको सिरियल नम्बर र मोबाइल नम्बर सहित आवेदन दिन सकिने छ ।

पारिवारिक भिसामा रहेकाले भने राहतको लागि https://centralaid.mosal.gov.kw मा गइ आवेदन दिन सकिने दूतावासले जनाएको छ ।

सूचना ।

——————

१) मिति १५ अप्रिल, २०२० का दिन Deputy Prime Minister, Minister of Interior and Minister of State for Cabinet Affairs Anas Al-Saleh को डिक्री अनुसार १) कुवेत भित्र रहेका तथा residency सकिएका (सबै भिसा) तथा २ ) प्रवेश भिसा (सबै भिसा) मा कुवेत प्रवेश गरी फेब्रुअरी २९ सम्म residency सकिएका आप्रवासिहरूको लागि अस्थायी आवासिय भिसा (Residency) तीन महिना (०१ मार्च, २०२० देखि ३१ मे, २०२० सम्म) का लागि स्वतः थप हुने निर्णय भएको सबैमा बिदितै छ ।

यस सम्बन्धमा मे ३१, २०२० सम्म अस्थायी आवासिय भिसा (Residency) भएका आप्रवासिहरूले आफ्नो स्पोन्सर मार्फत ३ के.डी शुल्क तिरी अर्को ३ महिनाको लागि अस्थायी आवासिय भिसा (Residency) थप गर्न निम्नबमोजिमको प्रक्रिया अपनाउन सकिने जानकारी प्राप्त भएको हुँदा सम्बन्धित सबैको लागि अनुरोध छः

• आफ्नो स्पोन्सरलार्इ सम्पर्क गर्ने

• https://eres.moi.gov.kw/individual/ar/auth/login यस वेबसाइटमा गर्इ रजिष्टर नगरेका स्पोन्सरले रजिष्टर गर्ने । पहिलेनै रजिष्टर गरेका स्पोन्सरले लगइन (login) गर्ने ।

• स्पोन्सरले आफ्नो नाम तथा फोन नम्बर भर्ने

• ग्यारेन्टि नोटमा क्लिक गर्ने

• Renewal (नविकरण) मा क्लिक गर्ने

२) हाल कुवेतको निजी क्षेत्रमा कार्यरत कामदारहरू (Article 18 of the bachelors/bachelorettes category) का लागि राहतको आवश्यकता भएको अवस्थामा निम्न वेबसाइटमा गर्इ आफ्नो सिभिल आर्इ. डी नम्बर, सिभिल आर्इ. डीको पछाडी रहेको सिरियल नम्बर तथा मोबाइल नम्बर सहित आवेदन दिन सकिने बुझिएकोले सम्बन्धित सबैमा सूचित गरिन्छः

https://mosa.paci.gov.kw/Client/Home/ApplyRequests

३) साथै, पारिवारिक भिसा (family category) मा कुवेतमा रहेका तथा समस्यामा परेकाले भने https://centralaid.mosal.gov.kw मा गर्इ राहतको लागि आवेदन दिन सकिने जानकारी प्राप्त हुन आएको छ ।

——————————————————————————

नेपाली राजदूतावास, कुवेत

२०७७।०२।१० (तदनुसार २३ मे २०२०)


  •  
  •  
  •