गाउँपालिकाका अध्यक्षमाथि आक्रमण, गम्भीर घाइते, थप उपचारकाे लागि काठमाडाैँ ल्याइदैँ

228
  •  
  •  
  •  

काठमाडौं, २८ चैत (अाेएनएस) : – ओखलढुंगामा गाउँपालिकाका अध्यक्षमाथि एक अज्ञात समुहले आक्रमण गरेकाे छ। लिखु गाउँपालिकाका अध्यक्ष गोविन्द पौडेलमाथि सुतेकै ठाउँमा उक्त अज्ञात समुहले आक्रमण गरेकाे हाे ।

गएराति १० बजे अज्ञात समुहाकाे अाक्रमणबाट अध्यक्ष गम्भीर घाइते भएका थिए। घाइते अध्यक्षको मंगलबार राती नै स्थानीय स्वास्थ्य संस्थामा उपचारकाे लागि पर्याइएकाे थियाे।

गाउँपालिकाको वडा नम्बर – ९ पोकलीबाट आएको बताउने ४ जनाको समूहले मुङ्ग्रोले हानेर अाफुलार्इ घाइते बनाएकाे अध्यक्षकाे पाैडेलले बताए।

स्वास्थ्य अवस्था केही सुधार अाएपछि बिहीबारथप उपचारका लागि काठमाडौं लैजाने अध्यक्षकाे परिवारिक स्राेतले बताएकाे छ ।

गाउँपालिका कार्यालयको क्वार्टरमा सुतिरहेको अवस्थामा अपरिचित समूहले कोठाबाट बाहिर बोलाएर आफूमाथि कुटपीट गरेको अध्यक्ष पौडेलले प्रहरीकाे बयानमा बताएका छन्।

आक्रमणबाट घाइते गाउँपालिका अध्यक्ष पौडेलको बायाँ घुँडामा ४ टाँका लगाइएको छ भने तिघ्रा र खुट्टामा गहिरो चोट लागेको छ । हातको कान्छी औंलाको नङ सहितको भाग फुटेको छ ।

यता जिल्ला प्रहरी कार्यालयले अाक्रमण गर्ने अज्ञात समुहकाे खाेजी तिब्र पारेकाे छ। प्रहरी प्रमुख अनन्तराम शर्माले अपराधी पत्ता लगाएर पक्राउ गरी कारवाहीको दायरामा ल्याउनकाे लागि विभिन्न स्थानमा प्रहरी परिचलान गरिएकाे बताए। उनले भने,’घटनाको गहन रुपमा अनुसन्धान भैरहेको छ।’


  •  
  •  
  •