बोक्सीकाे अाराेपमा कुटिएकी राधाकाे बारेमा प्रदेश संसदमा बहस, पीडकलार्इ जेल सजाय हुने निश्चित

316
  •  
  •  
  •  

काठमाडौं, २७ फागुन (ओएनएस) : बोक्सीकाे अाराेपमा कुटिएकी राधाकाे बारेमा प्रदेश नं. ७ को संसद बैठकमा ठुलै बहस भएकाे छ। निर्घाट कुटिएकी किशोरीको पक्षमा अधिकांस सांसदहरु आवाज उठेएका थिए।

बैठकको विशेष समयमा सांसद मालामति रानाथारु, कुन्ती जोशी र पूर्णा जोशीले दोषिलाई कुनैपनि हालतमा उन्मुक्ति दिन नहुने र पीडितलाई उचित न्यायकाे ब्यवस्था हुनुपर्नेमा सभामुखको ध्यानाकर्षण गराएका थिए ।

कैलालीको घोडाघोडी नगरपालिका–५ देउकलियाकी १८ वर्षीया राधा चौधरीमाथि बोक्सीको आरोपमा फागुन २४ गते भएको कुटपिट घटनाबारे प्रदेश संसदमा आवाज उठेको हो । आज (शनिबार) बसेको संसद बैठकमा बोल्दै सांसदहरुले दोषिमाथि कडा कारबाही हुनुपर्ने र निर्दोष कशोरीलाई क्षतिपूर्तिसहित न्याय दिनुपर्ने माग गरेका थिए ।

बिहीबार बोक्सी आरोपमा कक्षा १२ मा अध्ययनरत १८ वर्षीया चौधरीलाई मरणासन्न हुने गरी घण्टौंसम्म कुटपिट गरिएको थियो । कुटपिटबाट उनको शरीरका विभिन्न भागमा गम्भीर चोट लागेको छ । पेट, छाती, टाउको, खुट्टा, घाँटी, नाक, कानलगायत शरीरका अन्य भागमा चोट छन् ।

नारी दिवसकै दिन विहानै सो गाउँका स्थानीय तान्त्रिक भोलेबाबा भनिने रामबहादुर चौधरीले बोक्सी भगाउने भन्दै उनीमाथि निर्मम कुटपिट गरेका हुन्। तान्त्रिक चौधरीको आदेशमाै पीडित किशोरीलाई उनको घरबाट केहि यूवाहरु घिसारेर उनी कहाँ पुर्याएका थिए। तान्त्रिक र उनकी श्रीमती पार्वती उर्फ स्मारिका चौधरी र गंगा चौधरीले कुटपिट गरेको पीडित किशोरीले प्रहरी समक्ष बयन दिएकी थिइन्।

आफूलाई भोलेबाबा बताउने २५ वर्षीय रामबहादुरले बोक्सी भगाउने भन्दै कुटपिट गरिरहँदा भेला भएका सयौं स्थानीयमध्ये कसैले पनि नरोकेको पीडितका बुवा जोखन चौधरीले दुखेसो पोखे। हाल तान्त्रिक रामबहादुर चौधरी प्रहरीको नियन्त्रणमा छन् ।

पीडकविरुद्ध बोक्सी आरोप सम्बन्धी कसुर तथा सजाय ऐन अनुसार मुद्धा चलाइने भएको छ । कैलालीका प्रमुख जिल्ला अधिकारी गोविन्द रिजालले पीडक विरुद्ध उक्त ऐन बमोजिम मुद्धाको तयारी भएको बताउँदै दर्ता आइतवार हुने जनाए । सो ऐनअनुसार कसुरको मात्रा हेरी दुई वर्षदेखि ८ वर्षसम्म जेल सजाय र ५० हजारसम्म जरिवाना भराउने प्रावधान रहेको छ। प्रजिअ रिजालका अनुसार तान्त्रिक चौधरीलार्इ जेल सजाय हुने निश्चित छ।


  •  
  •  
  •