बोक्सीको आरोपमा १८ वर्षीया किशोरीमाथि कुटपिट(भिडियाेसहित)

प्रहरीले उजुरी दर्ता गर्न नमाने पछि पुगे मानवअधिकारकर्मी
580
  •  
  •  
  •  

काठमाडौं, २५ फागुन (ओएनएस) : कैलालीको घोडाघोडी नगरपालिका–५ की १८ वर्षीया किशोरी राधा चौधरीलार्इ बाेक्सी भन्दै कुटपिट गरिएकाे छ । फागुन २४ गते महिला दिवसको दिन बोक्सीको आरोपमा राधालार्इ सयाैँ ब्यक्तिकाे अगाडी गाउँकै गुरुबा भनिने रामबहादुर चौधरीले मरणासन्न हुने गरी कुटपिट गरेका हुन् ।

गुरुबा भनिने चौधरीले आफ्नो घरमा भएको पूजामा नआएको भन्दै बोक्सीको आरोपमा मरणासन्न हुने गरी कुटपिट गरेकाे प्रत्यक्दर्शीहरुले बताएका छन् । कुटपिटबाट गम्भीर घाइते भएकी किशोरीको सेती अञ्चल अस्पताल कैलालीमा उपचार भइरहेको छ ।

गुरुबाले कुटपिट गरेपछि राधाका आफन्त र केहि स्थानीयबासिन्दाले प्रहरी चौकी सुख्खडमा उजुरी गर्न गएको भए पनि प्रहरीले उजुरी नै दर्ता गर्न मानेन।

प्रहरीले उजुरी गर्न नमानेपछि घोडाघोडी नगरपालिका ५ का वडाध्यक्ष राम रोकायले आएर मिलापत्र गराउने भन्दै सबैलाई चौकीबाट लिएर गएका थिए । तर याे कुरा मानवअधिकारकर्मी थाहा पाएपछि प्रहरी चाैकीमा उजुरी दर्ताकाे लागि दवाव दिएका थिए।

प्रहरी चाैकीमा चाैतर्फी दावाव अाएपछि प्रहरीले गुरुबालाई पक्राउ गरेकाे छ।। उनलाई अहिले जिल्ला प्रहरी कैलालीमा राखिएकाे छ।किशोरीमाथि कुटपिट भएको भिडियो सार्वजनिक भएपछि स्थानीय मानवअधिकारकर्मीहरुको टोली घोडाघोडीमा पुगेको थियो । कुटपिटमा संलग्न गुरुबा पक्राउ परे पनि किस्मती चौधरीलाई भने प्रहरीले अझै पक्राउ गर्न सकेकाे छैन्।

– भिडियो सौजन्य : थारुनके डटकम

 


  •  
  •  
  •