बोक्सा भन्दै वडाध्यक्षमाथि कुटपिट

67
  •  
  •  
  •  

चितवन । चितवनको इच्छाकामना गाउँपालिकाको वडा नं.२ का अध्यक्षमाथि बोक्साभन्दै कुटपिट भएको छ ।
वडाअध्यक्ष पञ्चबहादुर प्रजामाथि स्थानीयहरुको एक समूहले कुटपिट गरेका हुन् ।  वडाध्यक्षमाथि जुत्ताको माला लगाइ मानव मलमुत्र खुवाउने प्रयास समेत भएको बताइएको छ ।

शनिबार साँझ उत्तरकुमार गुरुङ, बिर्खबहादुर गुरुङ लगायतका व्यक्तिको समूहले वडाध्यक्ष प्रजामाथि कुटपिट गरी बोक्सा भएको भन्दै जुत्ताको माला लगाइ मानव मलमुत्र खुवाउने खोजेको जिल्ला प्रहरी कार्यालय चितवनले जनाएको छ ।

प्रहरीले घटनामा संलग्न रहेको भन्दै उत्तरकुमार गुरुङ र बिर्खबहादुर गुरुङलाई नियन्त्रणमा लिएको छ ।
कांग्रेसका स्थानीय कार्याकर्ताले वडा कार्यालयमा तालावन्दी लगाएपछि उत्पन्न विवादका बीच वडाध्यक्ष प्रजालाई कुटपिट गरी मानव मलमुत्र खुवाउने प्रयास भएको हो ।

कांग्रेस कार्यकर्ताले वडा कार्यालयमा तालाबन्दी गरेपछि वडा कार्यालयको सामान सामुदायिक भवनमा सार्ने क्रममा विवाद उत्पन्न भएको थियो ।


  •  
  •  
  •