प्रहरीद्वारा कन्टेनर चालकमाथि कुटपिट

267
  •  
  •  
  •  

रसुवा । रसुवाको टिमुरेमा अव्यवस्थित पार्किङ हटाउन गएका दुई प्रहरीले कन्टेनर चालकलाई निर्घात कुटपिट गरेका छन् ।
रसुवाको टिमुरे सडकखण्डमा बा ६ ख ४९२५ नम्बरको कन्टेनरका चालक आशिष तामाङलाई प्रहरी सहायक निरीक्षक र हवल्दारले कुटपिट गरेका हुन् ।  प्रहरीको नाम भने रसुवा प्रहरीले गोप्य राखेको छ ।

रसुवाका प्रहरी नायब उपरीक्षक भोगेन्द्रपुरुष ढकालका अनुसार पार्किङ हटाउन गएका प्रहरीलाई चालकले पहिले अपशब्द बोलेका थिए ।

उक्त घटनाको सार्वजनिक भिडिओमा प्रहरीले चालकलाई लात्ती प्रहार गरेका छन्, कपालमा समातेर लडाएका छन् ।
भिडिओ सार्वजनिक भएपछि प्रहरीको सर्वत्र आलोचना भइरहेको छ ।

यो घटनाको स्थानीयले विरोध पनि गरेका छन् । डिएसपी ढकालले भने प्रहरीले सामान्य कारबाही गर्दा भिडिओ खिचेर भाइरल बनाइएको दाबी गरेका छन् ।

हेर्नुहोस् भिडियो

Rasuwa kanda… nepal police ko tarika🤔🤔🤔

MC online tv यांनी वर पोस्ट केले मंगळवार, ३ सप्टेंबर, २०१९


  •  
  •  
  •