श्रीमानको कुटपिटबाट गम्भीर घाइते

364
  •  
  •  
  •  

काठमाडौं, २८ फागुन(ओएनएस) : ओखलढुंगामा श्रीमानको कुटाइबाट एक महिला गम्भीर घाइते भएकी छन् ।
मानेभन्ज्याङ गाउँपालिका–१ मलीमा आइतबार राति भुइँमान रुम्जाली राईको कुटाइबाट श्रीमती निर्मला राई गम्भीर घाइते भएकी हुन् ।

उनको अहिले ओखलढुंगास्थित मिसन अस्पतालमा उपचार भइरहेको छ । घरायसी विवाद भएपछि २७ वर्षीय भुइँमानले श्रीमती २९ वर्षीया निर्मलालाई मराणासन्न हुनेगरी कुटेको प्रहरीले बताएको छ ।
उनको शरीरभरि चोटपटक छ ।

कुटपिट गर्ने श्रीमानलाई जिल्ला प्रहरी कार्यालय ओखलढुंगाले सोमबार पक्राउ गरेको छ ।
उनीविरुद्ध पीडित श्रीमती निर्मलाले किटानी जाहेरी समेत दिइसकेकी छिन् । उनलाई घरेलु हिंसामा मुद्दा दर्ता गरेर अनुसन्धान सुरु गरेको प्रहरीले बताएको छ ।
उनीहरुका दुई छोरी छन् ।


  •  
  •  
  •