नेपाली भुमीमा भारतीय सुरक्षाकर्मीको दादागिरी बढ्दै,कुटिए एक दम्पती

376
  •  
  •  
  •  

काठमाडौं, ५ चैत (अाेएनएस) :खुला सीमानाका कारण दुर्इ देशका नागरीक निर्वाध रुपमा अावत जावत  गर्ने गरेका छन् तर सीमा नाका नजिक रहेकाे नेपालीहरुलार्इ भारतीय विगत सुरक्षाकर्मीहरु विभिन्न बहानामा हेप्नुका साथै  पिट्ने समेत गर्ने गरेका छन्।
यस्तै घटना अाइतबार कञ्चनपुरमा भएकाे छ। माहाकाली नगरपालीका ३ सीमावर्ती क्षेत्रमा भारतीय शुरक्षाकर्मीले एक दम्पतीलार्इ असहन्य पाराले कुटपिट गरेका छन्।
माहाकाली नगरपालिका ३ नजिकनेपाली  भूमि बडवाल टोलमा उनीहरुमाथि कुटपिट गरिएका साेही टाेलका राम बहादुर खड्काले बताए।
माहाकाली नगरपालिका ३ का ३१ वर्षीय दिनेश जोशी र उनकी पत्नि ३० वर्षीया सपना जोशीलाई हतियार र लाठीसहित आएको भारतीय सीमा सुरक्षा बल एसएसबीका दुई जवानले कुटपिट गरेका हुन। दुबै जना खेतमा भैसी चराउन लागिरहेको अवस्थामा कुटेको बताइएको छ।
एसएसबीले प्रहार गरेको लाठीबाट दिनेश जोशीको दाँया हात र टाउको चोट लागेको छ। ‘भैसी चराउन लागेको थिए, एकाएक आएर कुटपिट गरे’ उनले भने।
जाेशीकी श्रीमति सपनाले भनिन्,’ श्रीमानलार्इ बचाउन जाँदा मलार्इ पनि भारतीय सीमा सुरक्षा बल एसएसबीले
दुरव्यवहार गर्नुका साथै हातपात समेत गरेका हुन्’
शुक्रबार सिमावर्ती भारतीय बजार नगरबाट साईकलमा सिमेन्ट ल्याउँदै गर्दा दिनेश जोशी र भारतिय सीमा सुरक्षा जवानबीच विवाद भएको थियो। कुटपिट गर्ने भारतीय सीमा सुरक्षा बल एसएसबी सिमलघाट क्याम्पका जवान रहेकाे जोशीले बताए।
कुटपिटको खबर पाएपछि जिल्ला प्रशासन कार्यालयकाे निर्देशनमा ईलाका प्रहरी कार्यालय दोधारा चाँदनी र सशस्त्र प्रहरी सीमा सुरक्षा बल बोडर आउट पोष्टको प्रहरी निरीक्षक सहितको एक टोली सोमबार बिहान घटनास्थलमा पुगेको बताइएकाे छ।

  •  
  •  
  •