कुमारीघरमा विवाद चुलियो, आर्थिक अनियमितता गरेको आरोप

227
  •  
  •  
  •  

काठमाडौं १७ जेठ ।
जीवित देवी कुमारीको हेरचाह गर्ने चिताइदारले आर्थिक अनियमितता गरेको आरोप लगाउँदै तलेजुका १० जना पुजारीले गुठी संस्थानमा निवेदन दिएका छन् ।

उनीहरुले हेरचाहको नाममा धर्मविपरीत कामबाट चिताइदार ज्ञानदेवी शाक्यको परिवारले महानगरक्षेत्रभित्र करोडौं मूल्यका तीनवटा भर बनाएका, ४ वटा मोटरसाइकल, नगद , सुन, चाँदी र गहना जोडी विदेशबाट समेत रकम लिएर आर्थिक अनियमितता गरेको निवेदनमा उल्लेख गरेका छन् ।

मूल पुजारी उद्धव कर्माचार्यलगायतका पुजारीसँग सल्लाह नै नगरी मनपरी रुपमा कुमारीको पुजाआजा गर्ने गरेको आरेप निवेदनमा उल्लेख गरिएको छ । पुजारी परिवारले करिव दुई साताअघि गुठी संस्तानमा निवेदन दिएर कुमारीको समपूर्ण सम्पत्ति छानविन गर्न समेत माग गरेका छन् । चिताइदारले मनपरी रुपमा काम गरे नित्यलगायतका सम्पूर्ण पूजा रोक्न सक्ने मूल पुजारीले चेतावनी दिएका छन् ।
नेपालसमाचारपत्रबाट


  •  
  •  
  •