कुमारी आमा अस्पतालमा अलपत्र

215
  •  
  •  
  •  

काठमाडौं ७ माघ । सलेमपुर १ की १६ वर्षकी रिना यादव अविवाहित छिन् । तर, पुस ८ गते जिल्ला अस्पताल मलंगवामा छोरालाई जन्म दिइन । अस्पतालका नर्सले उनको छोराको नाम राहुल राखेका छन् ।
गत वर्ष कक्षा ९ मा पढ्दापढ्दै विद्यालय जान छाडेकी उनी महिनाअघि छोरा जन्मिएयता अस्पतालमै छिन् । काखमा छोरा खेलाउन पाउँदाको खुसीभन्दा धेरै पीडा छ उनको अनुहारमा । आफूले अशोकसँग प्रेम गरेको भन्दै उनले छोरा पनि अशोककै भएको बताएकी छन् ।

गर्भवती भएको चार महिनापछि आफूले थाहा पाएको र गर्भ थाहा पाएपछि अशोकको परिवारले गर्भपतन गराउन दबाब दिँदै परिवारलाई पैसा दिने बताएपनि उनको मनले नमानेपछि गाउँमा गर्भपतन गराउन पञ्चायत बसेपनि उनी त्यहाँबाट भागेर नेत्रगञ्जस्थित आश्रममा पुगेकी थिइन । एक महिनाअघि प्रसूतिका लागि उनी अस्पताल पुगेकी  थिइन छ ।

सँधै साँझको समयमा भेट्न आउने अशोक आफू गर्भवती भएको थाहा पाएपछि भेट्न नआएको र घरबाट बुबाआमा पनि नआएकाले बढी चिन्तित भएको रिनाले बताएकी छन् । नागरिक दैनिक


  •  
  •  
  •