कर्णेल लामाको मुद्धा स्थगित

175
  •  
  •  
  •  

lamaकाठमाडौ, ४ चैत(ओएनएस) : बेलायतको ओल्ड बेली अदालतले नेपालका कर्णेल कुमार लामाको मुद्धाको सुनुवाई स्थगित गरेको छ । १२ सदस्यीय सुनुवाई समितिले नेपाली भाषा अनुवादक उपलब्ध नभएपछि सुनुवाई स्थगित गरेको थियो ।

मंगलबार मुद्दाको सुनुवाई स्थगित भएपछि अब आगामी अगस्तमा हुन सम्भावना रहेको लण्डनस्थित हाम्रा सम्वाददाताले जनाएका छन् ।

कर्णेल लामालाई सन् २०१३ मा बेलायती प्रहरीले पक्राउ गरेको थियो । उनलाई शसस्त्र युद्धका दौरान दुई सर्वसाधारणलाई यातना दिएको आरोपमा पक्राउ गरेको थियो । कर्णेल लामाले भने उक्त आरोप अस्विकार गर्दै आएका छन् ।

संसदीय समितिले केही समय अघि नेपाल सरकारलाई लामाको मुद्धालाई नेपालमा फिर्ता लिन निर्देशन दिएको थियो । तर, सरकारले भने यस विषयमा कुनै टुङ्गो लगाइसकेको छैन् ।


  •  
  •  
  •