प्रहरीको गोली लागेका घैटेको मृत्यु…(अपडेट)

76
  •  
  •  
  •  

kumar ghaite

काठमाडौ, ३ भदौ(ओएनएस) : प्रहरीको गोली लागी घाइते भएका गुण्डा नाइके कुमार घैटेको मृत्यु भएको छ । आज सामाखुशीमा घैटेलाई पक्राउ गर्ने क्रममा दोहोरो फायरिङमा उनलाई गोली लागेको थियो ।

गोली लागी घाइते भएका घैटेलाई उपचारका लागि त्रिवि शिक्षण अस्पतालमा लगिएको थियो र उपचारका क्रममा निधन भएको महानगरीय प्रहरी आयुक्त कार्यालयको उच्च स्रोतले जनाएको छ । यद्यपी आधिकारीक पुष्टि हुन भने बाँकी रहेको छ ।

महानगरीय प्रहरी अपराध महाशाखाका प्रमुख एसएसी सर्वेन्द्र खनालका अनुसार भीडन्तका क्रममा ३ प्रहरी र कुमार घैटेका ३ सहयोगी घाईते भएका छन् । उनले भने, ‘सामाखुशीको कपुरधारामा भएको भीडन्तका क्रममा ३ प्रहरी र घैटेका ३ सहयोगी घाइते भएका छन् । उनीहरूको उपचार भइरहेको छ ।’

……..

प्रहरीले गुण्डाका नाइके कुमार घैटेमाथी गोली प्रहार गरेको छ । काठमाडौको सामाखुशीमा घैटेलाई पक्राउ गर्ने क्रममा दोहोरो गोली हानाहान हुँदा गोली लागी उनी घाइते भएका हुन् ।

गोली लागेर घाइते भएका घैटेलाई उपचारका लागि त्रिवी शिक्षण अस्पताल पुर्याइएको छ । प्रहरीले आत्मरक्षाका लागि गोली चलाउँदा घैटे घाइते भएको प्रहरीले जनाएको छ ।


  •  
  •  
  •