एनआरएनएको अध्यक्षमा कुल आचार्यद्वारा उम्मेदवारीकाे घोषणा

85
  •  
  •  
  •  


काठमाडौं । गैरआवासीय नेपाली संघ (एनआरएनए)को अध्यक्षमा कुल आचार्यले उम्मेदवारीको घोषणा गरेका छन्। आइतबार काठमाडौंमा पत्रकार सम्मेलन गरेर उनले उम्मेदवारी घोषणा गरेका हुन्।
उनी संघका सल्लाहकार एवं पूर्व उपाध्यक्ष हुन्। संघको दशौं विश्व सम्मेलन आगामी अक्टोबरको २३–२५ सम्म काठमाडौंमा हुँदैछ। निर्वाचन समितिले अनलाइन माध्यमबाट विश्वभरबाट एकसाथ मतदान गराउने तयारी गरेको छ।
उनले पैत्रिक सम्पतिको अधिकार, राहदानी सहित तेश्रो पुस्ता पछि पनि कायम रहने गरी गैरआवासीय नेपाली नागरिकतालाई कार्यान्वयनलाई प्राथमिकता दिने बताए।

आचार्यले आफ्नो दुई वर्षे कार्यकालमा संसारभर एनआरएनएको पन्जीकृत सदस्य संख्या पाँच लाख पुर्‍याउने र राष्ट्रिय समन्वय परिषद्हरुको संख्या कम्तीमा एक सय पुर्‍याउने बताए। हाल एनसीसीको संख्या ८४ रहेपनि कतिपय एनसीसीहरु निष्क्रिय रहेका छन् भने संघका पन्जीकृत सदस्यहरुको संख्या एक लाखको हाराहारीमा छ।

गैरआवासीय नेपालीहरुलाई मात्रै नभई संसारका विभिन्न देशमा रहेका नेपाली मूलका मानिसहरुलाई पनि जोड्ने उनले बताए।


  •  
  •  
  •