सुर्खेती पत्रकार समाजमा न्यौपाने

246
  •  
  •  
  •  

काठमाडौ जेठ २४ (ओएनएस) : राजधानी काठमाडौमा बसेर पत्रकारीता गर्दै आएका सुर्खेती पत्रकारहरुको बृहत भेला शनिवार काठमाडौको मध्यबानेश्वरमा सम्पन्न भएको छ । भेला आयोजना कमिटीका संयोजक कमल न्यौपानेको सभापतित्वमा भएको भेलाले हिमालय टाइम्स दैनिकका पत्रकार कमल न्यौपानेको अध्यक्षतामा सात सदस्यीय सुर्खेती पत्रकार समाज काठमाडौको गठन गरेको छ ।

समितिको सदस्यहरुमा रेडियो राजधानीका चिरन्जीवी सापकोटा, अन्नपूर्णपोष्ट दैनिका दिपा दाहाल, पत्रकारहरु गणेश आचार्य, शम्भुराजा रेग्मी, निरुता शाही, दिपेश दाहाल र नन्दु गेलागंलाई चयन गरेको छ ।

भेलाले श्रमजीवी पत्रकारहरुका हकहित र अधिकारलागी सम्बन्धीत निकायसँग छलपल गर्ने , सुर्खेतबाट काठमाडौमा आई पत्रकारीता गर्ने उत्कृष्ट एक पत्रकारलाई बार्षिक रुपमा सम्मान गर्ने र सुर्खेतको पत्रकारीताको विकासका लागि विभन्निक ार्यक्रम स१चालन गर्ने निणर्य समत गरेको अध्यक्ष कमल न्यौपानेले जानकारी दिए ।


  •  
  •  
  •