काठमाडौंमा बढ्यो सुरक्षा सतर्कता, नौ स्थान निषेधित क्षेत्र घोषित

286
  •  
  •  
  •  

काठमाडौं,  ५ माघ (ओएनएस) :  संविधानसभा बाहिर विपक्षी लगायतका दल तथा विभिन्न समूहरुले प्रदर्शन हुने क्रम बढेपछि जिल्ला प्रशासन कार्यालय काठमाडौंले नौ स्थानलाई निषेधित क्षेत्र घोषणा गरेको छ ।

संविधान जारी गर्न तोकिएको मिति माघ ८ नजिकिदै गर्दा संभावित झडप र प्रदर्शनलाई मध्यनजर गर्दै सोमबारदेखि लागु हुने गरि प्रशसनले नौ स्थानलाई धर्ना, जुलुस, सभा, समारोह गर्न नदिने गरी निषेधित क्षेत्र घोषणा गरेको हो ।

जसमा महाराजगञ्जस्थित राष्ट्रपति कार्यालय परिषरको प्रवेशद्वार देखि उत्ततर्फ ५० मिटर, दक्षिणतपर्ः नेपाल प्रहरीको दुई नम्बर गण जाने बाटोसम्म, कान्तिथपस्थित उपराष्ट्रपति कार्यालय परिषरको आसपास क्षेत्र, बालुवाटरस्थित प्रधानमन्त्री निवास–नेपाल राष्ट्रबैंकको गेटदेखि पश्चिमतर्फ पानीपोखरी जाने भित्री सडकसम्म, प्रधामन्त्री निवास एक नम्बर गेट हुँदै प्रधानन्यायाधीश निवासभन्दा ५० मिटर पश्चिम क्षेत्रलाई निषेधित क्षेत्र घोषणा गरिएको छ ।

यस्तै भद्रकाली मन्दिरपूर्व, तीनकुनेको पूर्वी कुनासम्म, पूर्व सिंहदरबारदेखि मेल गेटसम्म, सिंहदरवारको मूल गेटि देखि पद्मोदय मोडसम्म, सिंहदरबारको मूलगेटदेखि माइतीघर मण्डलासम्म, बबरबमहको जिल्ला अदालतदेखि जिल्ला प्रशासन कार्यालय हुँदै

त्यसैगरी माइतीघर मण्डलादेखि सिंहदरबार दक्षिण गेट हुँदै हनुमानस्थानसम्म, संविधानसभा भवनको पश्चिम गेटबाट नयाँबानेश्वर चोक हुँदै  औषधि व्यवस्था विभागसम्म, नयाँ बानेश्वरचोकदेखि पूर्व अरनिको राजमार्ग हुँदै संविधानसभा भवनको दक्षिणतर्फ राजमार्गको दायाँ बायाँ दुवै किनारसम्मको क्षेत्र र मीनभवन चोकदेखि नेपाल कमर्स क्याम्पस जाने बाटोतर्फ २५ मिटर साथै संविधानसभा भवनको उत्तर पश्चिम किनारादेखि उत्तर–पूर्वी किनारा हुँदै दक्षिण पूर्वी किनारासम्मको सडकमा प्रदर्शन गर्न पाइने छैन ।

नयाँ बानेश्वर चोकदेखि शंखमुल जाने सडकतर्फ ५० मिटरसम्म, संविधानसभा भवनको पश्चिम तर्फको ३ नम्बर गेटबाट थापागाउँ अनमोल क्याटरिङसम्म र ३ नम्बर गेटदेखि उत्तरतर्फ संविधानसभा भवन कम्पाउन्डको अन्तिम विन्दुसम्मको सडक क्षेत्रलाई पनि निषेधित क्षेत्र भनिएको छ ।


  •  
  •  
  •