बाबुरामको बाटोमा विपन्नको बहिष्करण

251
  •  
  •  
  •  

काठमाडौं २० मंसिर (ओएनएस) : बाबुराम भट्टराईले थालेको बाटो विस्तार अभियानले काठमाडौँलगायत मुलुकका धेरै सहरको रुप फेरिएको छ । गाडीवालहरु ढुक्कसँग खुला सडकको उपभोग गर्ने भएका छन् । तर, साइकलधारीहरुप्रति यी सहरमा कुनै सम्मान र सहभाव छैन । त्योभन्दा पनि खतरनाक वाहन नहुनेहरुका सबभन्दा बढी मर्कामा परेका छन् । हिँडेरै दिन गुजार्नेहरुलाई बाटो काट्ने सुलभ माध्यम छैन । ५० मिटरको दँरीमा रहेको सडकपारिको पेटीमा पुग्न करिब एक किलोटिरको यात्रा गर्नुपर्छ । दृष्टिविहीन र अन्य अपांगता भएकाहरुलाई त कहिले हेर्ने कहिले ? यसले प्रश्न उठाउँछ, सडक विस्तार कसका लागि ?

कँल राष्ट्रिय आय नै १७ खर्ब भएको मुलुकमा साढे चार खर्ब रुपियाँ त मुलुकमा बेरोजगारीले आक्रान्त भएर अरबको खाडीमा रगत पसिना बगाइहेका युवाहरुले पठाएको रकमले परिपँर्ति गर्छ । तर, दुःखका साथ भन्नुपर्छ, त्यो रकम पँरापँर नेपालबाट बाहिरिन्छ । र, त्यसबाट पेट्रोलियम पदार्थ र गाडी तथा पार्टपुर्जा(अटो उत्पादन) खरिद गरिन्छ ।

काठमाडौँजस्तो सहरमा ३० लाख हाराहारी मान्छे घुमीफिरी बस्न आइरहेका छौँ । यसरी बस्नु पनि हिंसा हो । तीनचार मान्छे अटाउने सानो घरमा ३० जना बस्दा परस्पर हिंसा हुन्छ । एकअर्कालाई असुविधा हुन्छ । 

स्टेफेन मिक्सेल नामका एक अमेरिकी नागरिकले हालै एक अंग्रेजी दैनिकमा काठमाडौँको सडक विस्तारको आलोचना गरेका छन् । उनको पनि भनाइ छ, सडक फराकिलो बनाउने भनेको गाडी ल्याउने हो । गाडी ल्याउने भनेको पुँजी बाहिर जाने हो । उनले हिसाब देखाएका छन्, एउटा गाडी राख्दा कति नेपालीको कति आय जान्छ ? त्यसैले काठमाडौँमा विकास गर्न गाडी होइन, बाँसले बनेको साइकल प्रयोग गर्नुप¥यो भनेका छन् ।

त्यो लेख किन पनि मननीय छ भने संवेदनशील मान्छेहरु अमेरिका र युरोपमा पुग्दैछन् । ती लेखक पनि कुनै बेला नेपालमै घरजम गरी बसेका थिए । उनले बुझेका छन्, अहिले हामी जुन कुरालाई सभ्यता, प्रगति र औद्योगिक समाजको अनिवार्यता भन्छौँ, त्यो समग्रमा हिंसामा आधारित छ । गाडी हिंसामा आधारित छ । रेल र हवाइजहाज पनि हिंसावद्र्धक छन् । भोलि पेट्रोलको कुनै वैकल्पिक ऊर्जा निस्किएला, त्यो पनि हिंसामै आधारित हुनेछ । भोलि पानी वा हावाका भरमा गाडी गुड्न थाल्यो भने पनि त्यो हिंसामा आधारित हुन्छ । जुन जीवनशैली हामीले अपनाइरहेका छौँ । हिंस्रक पुँजीवाद र उपभोक्तावादले हामीलाई थप संवेदनहीन, संस्कारहीन र सभ्यताहीन बनाउँदै छ ।

काठमाडौँजस्तो सहरमा ३० लाख हाराहारी मान्छे घुमीफिरी बस्न आइरहेका छौँ । यसरी बस्नु पनि हिंसा हो । तीनचार मान्छे अटाउने सानो घरमा ३० जना बस्दा परस्पर हिंसा हुन्छ । एकअर्कालाई असुविधा हुन्छ । त्यसैले हिंसा कहीँ न कहीँ हाम्रो वर्तमान जीवनशैली र सभ्यतासँग जोडिएको छ । पेट्रोल एउटा उदाहरण मात्र हो ।
यति हुँदाहुँदै पनि हामी भनिरहेका छौँ, बाबुरामले गज्जब गरे । एकातिर अणुयुगले हिंस्रक क्रान्तिलाई निरर्थक बनाइदिएको छ । हिंसाका बलमा, अणुयुद्धका बलमा, आणविक संहारका बलमा अमेरिकाले भियतनामलाई हराउन सकेन । सोभियत युनियनले अफगानिस्तानलाई हराउन सकेन । प्रकारान्तरले सोभियत युनियन आफै विघटन भयो । तैपनि, महाशक्तिहरु हिंसाका हतियार जोड्दै छन् । चीन त्यही दौडमा छ । बीसौँ शताब्दीका अफगानिस्तान र भियतनामलाई सम्झिने हो भने पनि यी महाशक्तिले हिंसाको बाटो छोड्नुपर्ने हो, छोडिरहेका छैनन् । समग्रमा यी दर्शनबाट प्रभावित भएर प्रचण्ड, बाबुराम, मोहन वैद्य, विप्लवले हिंसाको वकालत गरे । उनीहरुको तर्कशक्ति, समर्पणभावका बारेमा केही भन्नु छैन । उनीहरुलाई उत्तरप्रत्युत्तर पनि होइन यो ।

kathaandu_decoring1
केही वर्षअघि पचण्डलाई उनकै पार्टीका कार्यकर्ताले थप्पड हाने । प्रचण्डलाई लागेको थप्पड कमसेकम यो पंक्तिकारका निमित्त खासै समाचारको विषय होइन । त्यो एक व्यक्तिको निजी प्रतिक्रिया थियो । त्यसले प्रचण्डको हिंसालाई प्रश्नचिन्ह लगाउँछ भन्ने पनि होइन ।

केही समयअघि चीनको एउटा समाचार आएको थियो । त्यहाँ एउटा बच्चाले आइप्याड किन्नको लागि आफ्नो किड्नी बेचेको थियो । त्यस हिंसालाई के भन्ने ? यही बीचमा भारतमा एउटा केटाले एक पेग ह्वीस्की नपाएको झोँकमा बिक्रेता केटीलाई गोली हानेको थियो । यो उपभोक्तावादी समाज बडो नराम्ररी हिंसावादी भइरहेको छ । त्यसमा प्रचण्ड, झलनाथले थप्पड खानु र त्यसैलाई प्रमुखताका साथ समाचार बनाउनु त गम्भीर विषयलाई हाँसोमा उडाउनु मात्र हो ।
हामीले एउटा नयाँ समाज बनाउन खोज्दैछौँ । नयाँ सभ्यता स्थापित गर्न खोज्दैछौँ । त्यो समाज र सभ्यता वैकल्पिक समाज र सभ्यता बन्छ । एसियामा चाहिने समाज, अफ्रिकामा चाहिने समाज, तेस्रो विश्वमा चाहिने समाज एउटा वैकल्पिक सभ्यताको सपना हुनेछ ।

माक्र्सवाद वा गैरमाक्र्सवादी समाजवादका थुप्रै सिद्धान्त छन् । समाजवाद कसरी आउँछ भन्नेमा पनि अलगअलग भनाइ छन् । एकअर्काबीच मतभेद मात्र होइन, आलोचना छन् । सिद्धान्तकारहरुले एकअर्कालाई गद्दारसम्म भनेका छन् । गालीगलौज गरेका छन् । तर, यी सबैले गरिबको लागि काम गर्छु भन्थे । समाजको विकास गर्छु भन्थे । फेरि यी सबैले भन्थे, आफ्नो लागि होइन अरुको लागि काम गर्छौँ । त्यति मात्र होइन, यी सबैले अर्को कुरा पनि भन्थे, ‘हामीले हिंसा गर्न कहाँ चाहेको हो र ? मजबुरीमा हिंसा गरेको ।’ एक चरणमा कांग्रेसले पनि ग¥यो । र, हिंसा बहादुरीका रूपमा कसैले गरेका थिएनन् । मजबुरीका रुपमा गरेका थिए । राज्यहिंसाको प्रतिवादमा हिंसा गरे । त्यसो हो भने हिंसा खराब कुरा हो भनेर स्वीकार गर्नुप¥यो । मजबुरीमा गरेको कुरा आयन्दा गर्दैनौँ भन्नुप¥यो । अनि यो जीवन मँल्य बन्छ ।

अहिंसाको जीवनमँल्य आज ओझेल पर्दै छ । हिंसाको आधारमा कहिल्यै पनि समाज अघि बढ्नै सक्दैन । हिंसाको आधारमा कहिल्यै पनि समाजवादको निर्माण हुनै सक्दैन । निर्माण गर्छु भन्ने दुस्साहस गर्नेहरु असफल भए । माओ असफल भए । प्रचण्ड र बाबुराम पनि असफल भए । कांग्रेस असफल भयो । बीपी कोइरालाले ओखलढुंगा हानेर राजालाई तर्साउँछु भन्दा राजा त तर्सिएनन् नै, पछि गएर एक साधारण कृष्णप्रसाद भट्टराईले लिएको अहिंसाको बाटोमा पार्टी जानुप¥यो । के हामी यो शिक्षा ग्रहण गर्न तयरा छौँ ?

हामी एकाध शताब्दीयता के देख्दै छौँ ? खनिज पदार्थको शोषण भयो । डिजेल, पेट्रोल र कोइला सकिन थाल्यो । कृत्रिम ऊर्जाको अभावमा शोषण हुनेरहेछ । र, हेर्दाहेर्दै एकाएक के हुन थाल्यो भने पृथ्वी ऊर्जाविहीन, तेलविहीन, कोइलाविहीन हुन थालिसक्यो । यो एक प्रकारको कृत्रिम ऊर्जामा आधारित समाज छ, त्यो समाजले हिंसालाई छोड्न सक्ने सम्भावना नै देखिँदैन ।

प्रचण्डलाई एउटा थप्पड हानिएपछि उनका कार्यकर्ताले थप्पड हान्नेलाई रक्ताम्य पारेको दृश्य टेलिभिजनमा देखियो । प्रचण्डले पिटाए भन्ने होइन । तर, दुईटा कुरा याद गर्नुपर्ने हो । जनयुद्धका नाममा नेपालमा १५ हजारको हत्या भएको छ । त्यस हत्याका लागि अहिलेसम्म प्रचण्ड र बाबुरामले नेपाली समाजसामु उभिएर माफी मागेका छैनन् । बरु तर्क–कुतर्क गरिरहेका छन् । कांग्रेस नेताहरुले पनि माग्नुपर्छ । तर, कांग्रेसबाट माफी माग्नुपर्ने नेता गिरिजाप्रसाद कोइराला आज हामीसामु छैनन्, जो सशस्त्र क्रान्तिका संयोजक थिए ।

आज तेस्रो विश्वका समाजमा हिंसा अत्यन्त गहिरो गरी जरा गाड्दै छ । तेस्रो विश्वमा देखापरेको व्यापक संरचनागत हिंसा (स्ट्रक्चरल भ्वाइलेन्स) का अगाडि यी एकाध थप्पड केही होइनन् । हेरौँ, काठमाडौँको समाजमा हिंसाको स्थिति के छ ? दिल्ली र बेइजिङमा के छ ? पुँजीवादको विकासका साथ हिंसा झन्झन् घनीभूत र खतरनाक हुँदै छ । यसका अगाडि प्रचण्ड थप्पड त सिंगो हिंसाबाट हाम्रो ध्यान हटाउने उपहासात्मक समाचार मात्रै हो ।
विगत दुई सय वर्षमा समाजवादका थुप्रै धारा निस्किएका छन् । विश्वमा दुई सय वर्षमा भएको जनताको लडाइँ, गरीब पक्षको लडाइँ, श्रमजीवीको लडाइँ समाजवादका नाममा लडिएको छ । र, त्यो एउटा मात्र समाजवाद छैन ।

खुला आँखाले हेरौँ, विगत एक सय वर्षमा के भयो ? एकातिर दुनियाँमा क्रान्ति भए । बीसौँ शताब्दीको सबभन्दा ठूलो घटना लेनिनको बोल्सेभिक क्रान्ति हो । त्यही शताब्दीको अर्को ठूलो घटना पनि लेनिनले स्थापना गरेको सोभियत युनियनको विघटन हो । सोभियत राज्यको विघटन सन् १९८९ मा भयो, त्यही वर्ष चीनमा तियानमेन स्क्वायरको भीषण नरसंहार भयो । त्यसअघि नै चीनमा तथाकथित आधुनिकीकरण, पुँजीवादीकरण भइसकेको थियो । र, देङ सियाओ पिङकै निर्देशनमा आधुनिकीकरणको लक्ष्यप्राप्तिका लागि हिंसाकाण्ड भएको थियो । तत्कालीन महासचिव अपदस्थ पनि गरिए ।

माक्र्सवादको पक्ष र विपक्षमा जति बहस गरे पनि हुन्छ । तर, जुन माक्र्सवादले मनुष्यलाई पे्रम सिकाउँदैन, समाजप्रति सहानुभूति सिकाउँदैन, समन्वयको ठाउँमा घृणा सिकाउँछ, त्यो माक्र्सवाद एक्काइसौँ शताब्दीमा लागू हुन सक्दैन । किनभने, घृणा सिकाउने माक्र्सवाद २० औँ शताब्दीमा फेल भइसक्यो । घृणा सिकाउने त्यो माक्र्सवाद लेनिनले प्रयोग गरे, सोभियत युनियन विघटन भइसक्यो । माओले प्रयोग गरे, चीनले माओको बाटै त्यागिसक्यो । त्यसैले आज एक्काइसौँ शताब्दी सर्वथा समाजवादको नयाँ परिभाषा, नयाँ परिकल्पना र नयाँ सपनाको खाँचो महसूस गरिरहेको छ । होइन भने क्रान्ति आउँछ, जान्छ ।

माक्र्सका अनुसार, मनुष्यले मनुष्यको शोषण ग¥यो । समाजमा शोषण छ । यो संरचनात्मक रूपमा अडिएको छ । त्यस्तै शोषणका क्रममा उत्पादनको वृद्धि, उत्पादनको शक्तिको विस्तारका क्रममा उत्पादनको सम्बन्ध बन्छ । त्यही सिलसिलामा वर्गको निर्माण हुन्छ । समाजमा वर्गीय शोषण हुन्छ । यहाँसम्म कुनै आपत्ति छैन । माक्र्सले ठीक भने । तर, माक्र्सले एउटा तथ्यतर्फ संकेत गरेनन् । त्यो हो, मनुष्यले मनुष्यको शोषण गर्दा वा वर्गले वर्गमाथि दमन गर्दा कसरी गर्छ ? सोझै मनुष्यले मनुष्यको माध्यमबाट गर्छ ? गर्दैन । मनुष्यले कसैलाई हली बनाउन खोज्यो भने ऊसँग जग्गा हुनुपर्छ । जग्गामा जोताउन उसले हली, कमैया बनाउने हो । जंगल कटाउन मान्छेको हातमा बन्चरो दिएर दास बनाउने हो । यसैले मनुष्यले मनुष्यलाई दास बनाउँदा, मनुष्यले मनुष्यलाई मजदुर बनाउँदा तेस्रो तत्व हुने रहेछ, प्रकृति । यसतर्फ माक्र्सले ध्यान दिएनन् ।

हामी एकाध शताब्दीयता के देख्दै छौँ ? खनिज पदार्थको शोषण भयो । डिजेल, पेट्रोल र कोइला सकिन थाल्यो । कृत्रिम ऊर्जाको अभावमा शोषण हुनेरहेछ । र, हेर्दाहेर्दै एकाएक के हुन थाल्यो भने पृथ्वी ऊर्जाविहीन, तेलविहीन, कोइलाविहीन हुन थालिसक्यो । यो एक प्रकारको कृत्रिम ऊर्जामा आधारित समाज छ, त्यो समाजले हिंसालाई छोड्न सक्ने सम्भावना नै देखिँदैन । अमेरिकाले इराक छोडेन । लिबियामा हस्तक्षेपको कुरुप तस्बिर देखियो । यसको सक्ष्मतर तहमा जाँदा थप दारुण दृश्य देखिन्छ । जति पनि यस्ता लडाइँ भएका छन्, कहीँ न कहीँ पृथ्वीमा रहेको सीमित ऊर्जाका निम्ति भएको छ । यति मात्र होइन, महाशक्तिहरुले, आजको चीनले, हिजोको सोभियत युनियनले पृथ्वीमाथि गर्न थालेको कब्जा प्रकारान्तरले प्राकृतिक स्रोतमाथिको कब्जा थियो । त्यसैले वर्गसंघर्षको कुनै पनि सिद्धान्तले प्राकृतिक स्रोतको उपलब्धता, त्यसको दुर्लभतालाई बिर्सेर निर्णय गर्न नसक्ने देखिएको छ ।

आज हामी पेट्रोलको लागि लड्दै छौँ । भोलि पानीको लडाइँ अनिवार्य छ । अहिले पनि नेपालमा भएका धेरै राजनीतिक षड्यन्त्रहरु, प्रतिषड्यन्त्रहरु यहाँका नदीनालालाई लिएर हुँदैछ । मोदीको नेपालमोह विशुद्ध पशुपतिनाथले धानेका छैनन् ।

आज शारीरिक र भौतिक रूपले मात्रै हिंसा भइरहेको छैन । हिंसा थप्पडमा मात्रै छैन । पेस्तोलमा मात्रै पनि हिंसा छैन । नपिटी, नमारी पनि हिंसा भइरहेको छ । हाम्रो जीवनमा हिंसा अत्यन्त नराम्ररी प्रवेश पाइसकेको छ । अत्यन्त शीघ्रगामी गाडी हिंसाको वाहक हुन्छ । कारको अर्थशास्त्र पनि हिंसाको वाहक छ । गाडीले गरिरहेको आर्थिक शोषण हरौँ, कसरी हिंसा गरिरहेको छ यसले । यो जीवनमूल्यको हिसाबकिताब गर्ने कि खाली बाबुरामको बाटोको डिलमा बसेर नागर सभ्यताको बखान मात्र गर्ने ?


  •  
  •  
  •