काठमाडौं प्रहरी कार्यालय बैसाख १५ भित्र सार्न निर्देशन

216
  •  
  •  
  •  

hanuman-dhokaकाठमाडौ, १२ चैत (ओएनएस) :  संसद्को राज्यव्यवस्था समितिले काठमाडौं प्रहरी परिसर हनुमानढोका बैसाख १५ भित्र सारिसकेर त्यसको जानकारी समितिलाई गराउन निर्देशन दिएको छ ।

समितिको बिहिबार बसेको बैठकले महानगरीय प्रहरी परिसर काठमाडौंको कार्यालय विश्व सम्पदा सुचीमा रहेको हनुमानढोका क्षेत्रमा रहेको तथा भवन जीर्ण भएका कारण असुरक्षीत रहेको भन्दै बैसाख १५ भित्र स्थानान्तरण गरिसकेर त्यसको जानकारी दिन गृह मन्त्रालयलाई निर्देशन दिएको हो ।

परिसर सार्न जग्गा खोजीको लागि राखिएको छलफलमा गृहमन्त्रीले नै तत्काल सारिसक्न निर्देशन दिन माग गरेका थिए । ‘समितिले फेरी उपसमिति बनाउने, अध्ययन गर्ने र त्यो अध्ययन प्रतिवेदनमा पनि पुःन छलफल गर्दा ढिलो हुन्छ’ गौतमले समितिमा भने, ‘त्यसैले समितिले स्थानान्तरणका लागि आजै निर्देशन दिओस, जतिसक्दो चाडो काम गरेर सरकारले त्यसलाई कार्यान्वयन गरेर त्यसको जानकारी समितिलाई गराउँछ ।’

गृहमन्त्रीको भनाई लगत्तै समिति सभापति दिलबहादुर घर्तिले निर्णय सुनाईहाले र समर्थनका लागि सदस्यहरुलाई आग्रह गरे । उनले निर्णय सुनाउँदै ‘काठमाडौं प्रहरी परिसरको भवन रहेको स्थान विश्व सम्पदा सूचीमा सूचीकृत भएको तथा भवन जीर्ण र असुरक्षीत भएका कारण तत्काल सार्नुपर्ने अवस्था देखिएकाले बैसाख १५ गतेभित्र कार्यालय स्थानान्तरण गरिसकेर समितिलाई जानकारी गराउन निर्देश गर्दछु ।’

प्रहरी परिसर स्थानान्तरणका लागि जग्गासमेत नभएर संसदीय समितिमा छलफल भइरहेकोमा एक महिना तीन दिनभित्र जग्गा खोज्ने देखि भवन बनाएर कार्यालय स्थानान्तरण गर्नेसम्मको निर्देशन ग्रहमन्त्रीले सहश्र स्वीकार गरेर समितिबाट बाहिरिए ।

छलफलमा गृहसहित बाणिज्य मन्त्री सुनिलबहादुर थापा, बाणिज्य, स्थानीय विकास र गृहमन्त्रालयका अधिकारीहरुको पनि उपस्थिति थियो । छलफलको सुरुमा बाणिज्य मन्त्रालय मातहतको जग्गा उपलब्ध गराउन नसक्ने बताएका मन्त्री थापाले सांसद्हरुको जवाफका क्रममा भने समिति बनाएर उचित सिफरिस भए ‘जहाँको उपयुक्त हुन्छ त्यहीको जग्गा उपलब्ध गराउन’ आफू तयार रहेको बताएका थिए ।


  •  
  •  
  •