काठमाडौं उपत्यकामा थप ७ सय ११ जनामा कोरोना संक्रमण पुष्टि

71
  •  
  •  
  •  

काठमाडौं । काठमाडौं उपत्यकामा शनिबार थप ७ सय ११ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । स्वास्थ्य मन्त्रालयका अनुसार उपत्यकासहित आज देशभर १२०४ जनालाई कोरोना संक्रमण देखिएको छ।

उपत्यकाका जिल्लाहरू काठमाडौंमा ५७० जना, ललितपुरमा ५८ जना र भक्तपुरमा ८३ जनामा कोरोना संक्रमण देखिएको हो।

साथै पछिल्लो २४ घण्टायता नेपालमा थप १२०४ जनामा कोरोना संक्रमण पुष्टि भएको छ। यससँगै नेपालमा कोरोना संक्रमित हुनेको संख्या ६२७९७ पुगेको छ।
यसअघि शुक्रबार थप ८ सय ५९ जनामा कोरोना संक्रमण पुष्टि भएको थियो ।


  •  
  •  
  •