काठमाडौँ केन्द्रित आन्दोलन गर्ने संघीय समाजवादीको निर्णय

201
  •  
  •  
  •  

काठमाडौँ, १० माघ(ओएनएस) : संघीय समाजवादी फोरम नेपालले सीमानाकामा जारी धर्नालाई कायमै राख्ने निर्णय गरेको छ ।

आईतबार भएको फोरम नेपालको केन्द्रीय कार्यसमितिको बिस्तारित बैठकले धर्ना कायमै राखेर काठमाडौँ केन्द्रित आन्दोलन सुरू गर्ने निर्णय गरेको छ ।

बिस्तारित बैठकले सरकार वार्ता र निकासका लागि गम्भिर नभएको भन्दै आन्दोलनलाई थप सशक्त बनाउने निर्णय गरेको छ ।

बैठकपछि फोरम अध्यक्ष उपेन्द्र यादवले आन्दोलनलाई थप सशक्त बनाउनका लागि विभिन्न पहिचानवादी शक्तिहरूसँग मोर्चाबन्दी गर्ने निर्णय भएको जानकारी दिएका छन् । उनले सरकारले शनिबार गरेको संविधान संशोधन अस्वीकार्य भएको बताएको छ । उनले संशोधनले मधेस आन्दोलनलाई सम्बोधन गर्न नसक्ने बताएका छन् ।


  •  
  •  
  •