काठमाडौं प्रजिअमा एकनारायण अर्याल

256
  •  
  •  
  •  

काठमाडौं, ३० कात्तिक (ओएनएस) : काठमाडौंको प्रमुख जिल्ला अधिकारीमा एकनारायण अर्याल सरुवा भएका छन् । यसअघि गृह मन्त्रालयको प्रशासन महासाखामा प्रमुख रहेका अर्यालले आइतबार पत्र बुझेका छन् ।

उनले सोमबारबाट हाजिर गर्ने बताइएको छ । यसअघि काठमाडौंका प्रमुख जिल्ला अधिकारी बसन्तकुमार गौतम थिए । गौतमलाई समान्य प्रशासन मन्त्रालयको अतिरित्त समूहमा सरुवा गरिएको थियो ।

अर्यालको स्थानमा भने सुनसरीका प्रमुख जिल्ला अधिकारी सुदर्शन ढाकाललाई सरुवा गरिएको छ ।

यता दोलाखको प्रमुख जिल्ला अधिकारीमा प्रेम लामिछाने जाने भएका छन् । लामिछानेले यसअघि गृहमन्त्री बामदेव गौतमको स्वकिय सचिवको रुपमा काम गरेका थिए ।


  •  
  •  
  •