फेरि थपिए ५ दर्जन नगरपालिका (सूचीसहित)

420
  •  
  •  
  •  

  काठमाडौ, १६ मंसिर(ओएनएस) :  नेपालमा थप ६१ ओटा नगरपालिका थपिएका छन् । मंगलबार सरकारले ६१ ओटा नगरपालिका घोषणा गर्ने निर्णय गरेको छ ।

मन्त्रिपरिषद अन्तर्गतको सामाजिक समितिको बैठकले स्थानिय विकास मन्त्रालयबाट गएको प्रस्ताव सदर गर्दै थप नगरपालिका घोषणा गरेको हो । स्थानिय विकास मन्त्रालयले ६६ ओटाको प्रस्ताव लिएको थियो ।

यसअघि सरकारले गत वैशाखमा ७२ वटा नगरपालिका घोषणा गरी नगरपालिकाको संख्या १ सय ३० पुर्याएको थियो । अब नगरपालिकाको संख्या १सय ९१ पुगेको छ ।

नेपालगञ्ज, बुटवल, भरतपुर, हेटौडा, जनकपुर, इटहरी र धरान गरी सातवटा उपमहानगरपालिकाका भने केही समयपछि घोषणा हुने बताइएको छ ।

नगरपालिका घोषणा गर्न नसकिएका ठाँउहरुका बारेमा थप अध्ययन गर्न कार्यदल पनि बनाइएको छ । आज थपिएको नगरिपालीकाको संख्या पछि काठमाडौं, ललितपुर र भक्तपुर जिल्ला गाविसरहित जिल्ला भएका छन ।

थपिएका नगरपालिकाहरु :

ललितपुर –कार्यविनायक, गोदावरी, महालक्ष्मी
भक्तपुर– अन्तलिंगेश्वर, सूर्यबिनायक, चाँगुनारायण, महामञ्जुश्री, नगरकोट
काठमाडौं –गोकर्णेश्वर, दक्षिणकाली, तार्केश्वर, शंखरापुर, चन्द्रागिरी, कागेश्वरी, मनोहरा, टोखा, नागार्जुन, बुढानीलकण्ठ
बैतडी– पाटन
इलाम– देउमाइ
झापा– शिवसताक्षी
मोरङ– लेटाङ भोगटेनी
सुनसरी– रामधुनीभाषी
धनकुटा– पाख्रीवास
भोजपुर– षडानन्द
संखुवासभा– मादी
सप्तरी– सप्तकोसी
सिराहा–गोलबजार
सोलु–दूधकुण्ड
बाजुरा– बडीमालिका
कैलाली– भजनी त्रिशक्ति
डडेल्धुरा– परशुराम
महोत्तरी– वर्दीवास
रोल्पा– लिवाङ
वर्दिया– सानोश्री, ताराताल, वासगढी
दोलखा– जिरी
सिन्धुली– दूधौली
रामेछाप– मन्थली, रामेछाप
बारा– महागढीमाइ, सिम्रनगढ, कोलह्वी
रौतहट– गरुडा
पर्सा– पोखरिया
चितवन– माडी र नारायणी
काभ्रे– काँसीखण्ड
सिन्धुपाल्चोक– मेलम्ची
लमजुङ– सुन्दरबजार
कपिलवस्तु– वणगंगा, वुद्धबाटिका
सुर्खेत– भेरीगंगा
रुकुम– मुसीकोट
गोरखा– पालुङटार
दाङ– लमही, त्रिपुर
कञ्चनपुर– घोडाघोडी, चाँदनी दोधारा, झालारी पिपलाडी
धनुषा –गणेमान चारनाथ, मिथिला र सर्वेला

  •  
  •  
  •