काठमाडौंका सिडिओसहित १८ कर्मचारीमा कोरोना, सेवा कटौती

142
  •  
  •  
  •  

काठमाडौं । जिल्ला प्रशासन कार्यालय काठमाडौंका प्रमुख जिल्ला अधिकारी गोविन्द रिजालसहित १८ कर्मचारीमा कोरोना सङ्क्रमण पुष्टि भएको छ ।

१८ कर्मचारीलाई कोरोना सङ्क्रमण भएपछि प्रशासन कार्यालयले सेवा कटौती गरेको छ ।

नेपाली नागरिकता प्रदान, नागरिकताको प्रतिलिपि, नाबालक परिचयपत्र, राष्ट्रिय परिचयपत्र र राहदानी वितरण स्थगित गरिएको सहायक प्रमुख जिल्ला अधिकारी उमाकान्त अधिकारीले जानकारी दिए ।

त्यस्तै, राहदानी विभागले पनि अत्यावश्यकबाहेकका सेवा स्थगित गरेको छ ।


  •  
  •  
  •