काठमाडौं उपत्यकामा थप १२६१ जनामा कोरोना संक्रमण

76
  •  
  •  
  •  

काठमाडौं । काठमाडौं उपत्यकामा थप १२६१ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । थपिएकामध्ये सबैभन्दा धेरै, काठमाडौंका ९७६ जना रहेका छन्। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार भक्तपुरमा ८१ र ललितपुरमा २०४ जना संक्रमित थपिएका छन्।

देशभर २५६९ संक्रमित थपिएका छन् भने १६६६ जना निको भएका छन्। हालसम्म संक्रमितको संख्या २ लाख २ हजार ३२९ पुगेको छ भने निको हुनेको संख्या एक लाख ६२ हजार २४३ छ।


  •  
  •  
  •