संविधान परिमार्जन गर्न सकिन्छ : सिटौला

243
  •  
  •  
  •  

गोरखा, ४ पुस(ओएनएस) : नेपाली कांग्रेसका महामन्त्री कृष्णप्रसाद सिटौलाले संविधानले सबैको माग पूरा गर्न नसकेको बताउँदै जायज मागहरू संविधानलाई सच्याउँदै र परिमार्जन गर्दै जान सकिने बताएका छन् ।

नेपाली कांग्रेस क्षेत्र नम्बर १ को क्षेत्रीय समितिले सदरमुकाममा आयोजना गरेको कार्यकर्ता भेटघाटका क्रममा सिटौलाले संविधान जारी गरेर मात्र आफूहरूको काम पुरा नभएको बताउँदै यसलाई परिमार्जन र थप परिस्कृत गर्दै शिघ्र कार्यान्वयनमा जोड दिनुपर्ने बताए । उनले आफ्नो पार्टी सरकारमा नरहेपनि संविधान कार्यान्वयनकालागि तथा देशको राजनीतिक निकासका लागि चुप लागेर नबस्ने बताएका छन् ।

उनले अहिलेको अवस्थामा कांग्रेसले जनतालाई संविधानबारे सुसूचीत गर्दै सरकारलाई सबरदारी गर्दै सबैसँग समन्वय गरी अहिलेको अवस्थालाई सहज अवस्थामा पुर्‍याउन भुमिका खेल्ने उल्लेख गरेका छन् ।

कांग्रेसको आसन्न महाधिवेशन प्रति लक्षित गर्दै उनले नेताहरुबीच मतभेद रहेको स्विकार गरे । माघ २० देखि हुन लागेको १३ औँ महाधिवेशनका लागि गाउँ देखि क्षेत्र, जिल्ला हुँदै केन्द्र सम्म संगठन सुदृढ गर्न सक्ने नेतृत्व छनौट गर्न उनले कार्यकर्तालाई सुझाव दिए ।


  •  
  •  
  •