यू–१९ महिला क्रिकेट टोलीको कप्तानमा कृतिका

62
  •  
  •  
  •  

काठमाडौं ।  कृतिका मरासिनी यू–१९ नेपाली राष्ट्रिय महिला क्रिकेट टोलीको कप्तान नियुक्त भएकी छन्।
नेपाल क्रिकेट संघ क्यानले सोमबार कृतिकालाई कप्तान नियुक्त गरेको जानकारी दिएको हो। आईसीसी यू–१९ महिला विश्वकप छनोट अघि क्यानले कृतिकालाई कप्तानको जिम्मेवारी दिएको हो।

मलेसियामा आयोजना हुने छनोटमा नेपाल, मलेसिया, युएई, थाइल्याण्ड, चीन, भुटान, म्यानमार र कतार रहेका छन्। प्रतियोगिता आगामी जुन ४ बाट सुरु हुनेछ।


  •  
  •  
  •