जनमोर्चाका प्रदेश सांसद कृष्ण थापाको पद खारेज गर्न सर्वोच्चको आदेश

93
  •  
  •  
  •  

काठमाडौं । राष्ट्रिय जनमोर्चाका गण्डकी प्रदेश सभा सदस्य (प्रदेश सांसद) कृष्ण थापाको पद खारेज भएको छ । राष्ट्रिय जनमोर्चा र गण्डकी प्रदेशका सभामुख नेत्रनाथ अधिकारीको भ्याकेटमा सुनुवाइ गर्दै सर्वोच्च अदालतका न्यायाधीशद्वय कुमार रेग्मी र विश्वम्भरप्रसाद श्रेष्ठको इजलासले थापालाई यसअघि सांसद पदमा कायम रहने गरी दिएको आदेश रद्द गरेको हो ।

सर्वोच्च अदालतले अन्तरिम आदेशमार्फत थापाको पदको बचाउ गरे पनि फेरि उहाँको दलले थापालाई कारबाही गरेको र नयाँ सरकारसमेत गठन भइसकेको अवस्थामा थापाको पद खारेज हुने सर्वोच्चको आदेशमा उल्लेख छ ।


  •  
  •  
  •