भारतले संविधान संशोधन गर्न दवाव दिएको छैन् : सिटौला

280
  •  
  •  
  •  

Krishna-sitaulaविराटनगर, २४ कात्तिक(ओएनएस) : नेपाली कांग्रेसका महामन्त्री कृष्णप्रसाद सिटौलाले भारतले संविधान संशोधनका लागि कुनै दवाव नदिएको बताएका छन् ।

विराटनगरमा आज बिहान नेपाल प्रेस युनियनले आयोजना गरेको पत्रकार सम्मेलनमा सिटौलाले भारतका कुनै पनि दूतले नेपाललाई संविधानमा संशोधनको कुरा नभनेको बताउँदै यस्तो दवाव दिन पनि नमिल्ने बताएका छन । उनले भने, ‘भारतले शुभकामना र शुभेच्छा मात्र दिने हो, दवाव होइन ।’

उनले भारतका पत्रिकामा आएको भरमा कुनै विषयलाई भारतको आधिकारिक धारणा मान्न नसकिने सिटौलाको भनाई छ । उनले भने, ‘भारतको पत्रिकामा छापीएको समाचार भार सरकारको आधिकारिक धारणा हुन सक्दैन् । नेपालको पत्रिकामा छापीएको समाचार नेपाल सरकारको धारणा हुँदैन् ।’

उनले नेपाल र भारतको सम्बन्ध सदियौँदेखी रहेको भन्दै उक्त सम्बन्धलाई नयाँ उचाईमा लानु पर्ने बताएका छन् । उनले भने, ‘नेपाल सरकारले पनि जहाँबाट सम्बन्ध बिग्रेको हो त्यही बिन्दुबाट कुटनीतिक पहल गरि समबन्ध सुधार गर्नुपर्छ ।’

फरक प्रसंगमा उनले अहिलेको अवस्थामा सीमांकन हेरफेर नहुने बताएका छन् । उनले मधेसी मोर्चाले उठाउँदै आएको झापा, मोरङ र सुनसरी जुन प्रदेशमा छ त्यही प्रदेशमा रहने बताएका छन् । उनले अहिलेको प्रदेश सीमांकन उत्कृष्ट रहेको बताउँदै आवश्यकता अनुसार भविष्यमा जुट्न-टुट्न सक्ने बताएका छन् ।

झण्डै तीन महिना यता मधेसमा आन्दोलित मधेसी मोर्चाको मागबारे आफूलाई केही थाहा नभएको धारणा व्यक्त गरेका छन् । उनले मधेसी मोर्चा संसदमा आएको कारण अब आधिकारिक रूपमा उनीहरूको माग थाहा पाइने बताएका छन् । संसद वैधानिक निकाय भएकाले त्यहीबाट सबै समस्याको निकास खोज्न उनले सबैलाई आग्रह गरे ।


  •  
  •  
  •