प्रमुख तीन दलबीचको एकता खलबलियो : सिटौला

178
  •  
  •  
  •  

विराटनगर, २६ मंसिर(ओएनएस) : नेपाली कांग्रेसका महामन्त्री कृष्णप्रसाद सिटौलाले संविधान जारी गर्ने प्रमुख दलबीचको एकता खलबलिएको बताएका छन् ।

शनिबार विराटनगरमा नेपाल महिला संघ मोरङले आयोजना गरेको अन्तरक्रिया कार्यक्रममा महामन्त्री सिटौलाले संविधान जारी भएपछि खलबलिएको प्रमुख दलहरूबीचको एकताले खल्कलिंएकाले संविधान कार्यान्वयनमा असर पर्ने बताएका छन् । उनले भने, ‘काग्रेसको साथ बिना संविधान कार्यान्वयन संभव छैन ।’

नाकाबन्दी देश र जनताविरूद्ध भएको भन्दै भारतसँग बिग्रिएको सम्बन्ध सुधार गर्न सुझाव दिएका छन् । नेपाल र भारत देश अस्थित्वमा आउनु भन्दा पनि पहिलेदेखि दुई देशका जनताबीच सम्बन्ध रहेकाले उल्लेख गर्दै उनले सम्बन्ध सुधार्न दुवै देश जिम्मेवार हुनुपर्ने बताए ।

संविधानले सीमाङ्कृत, मधेसी, जनजाति र महिलालाई नै सबैभन्दा बढी अधिकार प्रदान गरेको सिटौलाले बताए । त्यसमध्ये पनि महिलाका अधिकारलाई उच्च प्राथमिकता दिएको उनले दाबी गरे।


  •  
  •  
  •