१२ किलो तौल भएका ६३ वर्षीय पौडेलले भेटे प्रधानमन्त्रीलाई

245
  •  
  •  
  •  

काठमाडौं, चैत (ओएनएस) : गिनिज बुकमा नाम लेखाउने होडमा रहेका अर्घाखाचीका कृष्णप्रसाद पौडेलले प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ लाई भेट गरेका छन् ।

१२ किलो तौल भएका  ६३ वर्षीय पौडेल संसारको सबैभन्दा कम तौल र उचाई भएको शिक्षकका रुपमा गिनिज बुकमा नाम लेखाउने होडमा छन् ।

अर्घाखाची, ठूलापोखरा–२, रोहोटेपानीका पौडेलले ४२ वर्ष शिक्षण पेशा अंगालेका थिए । उनले ठुलापोखरा–२, रोटेपानीमा भगवती निमावि स्थापना गरेका थिए । शारिरीकरुपमा अशक्त भए पनि फरक क्षमता भएका पौडेल हाल भोजन नली र अन्य शारिरिक समस्याले काठमाडौंमा उपचाररत छन् ।

बुधबार बिहान भएको भेटमा प्रधानमन्त्री प्रचण्डले पौडेलको उपचार तथा गिनिज बुकमा नाम लेखाउन पहलका लागि सरकारको तर्फबाट सहयोग गर्ने प्रतिवद्धता जनाए ।

साथै, पौडेलको जीविकोपार्जनका लागि समेत सरकारले आवश्यक सहयोग गर्ने प्रचण्डले बताए ।


  •  
  •  
  •