कृष्ण पहाडीले भारतीय दूतावासमा धर्ना दिने

449
  •  
  •  
  •  

krishna-pahadiकाठमाडौ, १० असोज(ओएनएस) : मानव अधिकार तथा शान्ति समाजले नेपालमाथि भारतले लगाएको नाकाबन्दीलाई मानवताविरोधी अपराध भएको भन्दै भारतीय दूतावास अगाडि धर्ना दिने भएको छ ।

नागरिक अगुवा कृष्ण पहाडीसमेत सहभागी भएर सोमबार अपरान्ह ४ बजे भारतीय दुतावासको अगाडि मैनबत्ती बालेर धर्ना दिने कार्यक्रम तय भएको समाजले जनाएको छ ।

आज एक विज्ञप्ति जारी गर्दै नाकाबन्दी जारी रहे त्यसविरूद्ध सत्याग्रह थालिने उल्लेख गरिएको छ । तराई-मधेसमा चलिरहेको आण्दोलन शान्तिपूर्ण हुनुपर्ने र राज्यले पनि दमन गर्न नहुने बताउँदै संवादबाटै सहमति खोज्न आग्रह गरेको छ ।

विज्ञप्तिमा भनिएको छ, ‘आन्दोलनका नाममा नाकावन्दीको नियतले प्रेरित भई गतिविधि हुनु मानवीय मूल्य माथिको प्रहार हो । शीघ्र वार्तामा बसी, शान्तिपूर्ण तवरले सहमतिमा पुग्न पुन: एकपटक आन्दोलनरत पक्ष र सरकारलाई शान्ति समाज आग्रह गर्दछ।’


  •  
  •  
  •