कृष्ण जन्माष्टमीको रौनक:कृष्ण–राधाको पहिरनमा सजिए बालबालिका(फोटोफिचर)

110
  •  
  •  
  •  

काठमाडौं । कृष्ण जन्माष्टमी हिन्दू धर्मावलम्बीले यो पर्व धुमधामसँग मनाइरहेका छन् । पर्वकै अवसरमा देशभरका कृष्ण मन्दिरमा श्रद्धालुको भीड लाग्यो ।

काठमाडौंको हनुमानढोका र ललितपुरको पाटनस्थित कृष्ण मन्दिरमा पनि आज बिहानैदेखि श्रद्धालुको घुइँचो लागेको थियो ।

पर्वकै अवसरमा बालबालिका कृष्ण–राधाको पहिरन लगाएका छन् । पछिल्लो समय यो पर्वका दिन केटा बच्चालाई कृष्ण र केटी बच्चालाई राधाको पहिरन लगाइदिने प्रचलन बढेको छ ।

कुनै ठाउँमा बालबालिकाको कृष्ण–राधाको पहिरन लगाएर नगर परिक्रमा गराइन्छ ।

तस्बिरः सामाजिक सञ्जाल फेसबुकबाट

 

 

 

 


  •  
  •  
  •