‘झण्डामा राखेको लठ्ठी पनि हतियार’

146
  •  
  •  
  •  

krishna bd maharaकाठमाडौ, १६ फागुन(ओएनएस) : एमाओवादीका महासचिव कृष्णबहादुर महराले झण्डामा राखिएका लठ्ठीलाई समेत हतियार देख्न थालेको बताएका छन् । उनले यसलाई सरकारको कमजोरी तथा कायरता भएको बताएका छन् ।

काठमाडौको खूलामञ्चमा शनिबार बिहान पत्रकारहरुसँग कुरा गर्दै आजको प्रदर्शनबाट सरकार डराएको दावी गर्दै झण्डाको लठ्ठीसँग समेत डराएको बताएका छन् । उनले शान्तिपूर्ण आण्दोलनबनाट समेत सरकार आत्तिएको भन्दै उनले सरकारलाई प्रदर्शनका क्रममा अनावश्यक हस्तक्षेप नगर्न आग्रह गरेका छन् ।

उनले आफूहरुले प्रहरी प्रमुखलाई समेत फोन गरेर शान्तिपूर्ण प्रदर्शन गर्न लागेको जानकारी दिएको र उक्त प्रदर्शनमा अनावश्यक हस्तक्षेप नगर्न आग्रह गरेको जानकारी दिए ।

उनले आजको जनसभामा २ लाख भन्दा धेरै जना सहभागी हुने सहमतिबाटै संविधानको कार्य अघि बढाउन सरकारलाई दबाव दिने बताए ।


  •  
  •  
  •