योग्यता र क्षमताको आधारमा जिम्मेवारी नदिएकै कारण पार्टी कमजोर बन्यो : सिटौला

325
  •  
  •  
  •  

काठमाडौं, २७ चैत(ओएनएस) : नेपाली कांग्रेसका नेता कृष्णप्रसाद सिटौलाले पार्टी सभापति शेरबहादुर देउवाले आफूलाई अपमान गरेको गुनासो गरेका छन् ।

जनआन्दोलन दिवसको अवसर पारेर मंगलबार काठमाडौंमा आयोजित एक कार्यक्रममा बोल्दै उनले
पार्टीभित्र विभाग गठनमा समेत भागबन्डा हुने गरेको र त्यसमा पनि आफूलाई अपमान गर्ने काम भैरहेको बताए ।

इमान्दार, सक्षम व्यक्तिहरुलाई किनारामा राखेर आफ्नो पकेटका मान्छेलाई जिम्मेवारी दिने काम पार्टी नेतृत्वले गरेपछि पार्टीभित्र कसरी एकता हुन्छ ? भन्दै उनले प्रश्न गरे । युवाहरु सक्षम र इमान्दार भएपनि पार्टी नेतृत्वले सधैं किनारामा पु¥याउने गरेको भन्दै आक्रोश व्यक्त गरे ।

संवैधानिक आयोगहरुको नियुक्तिमा सरकारले संविधान र कानुन मिच्दा पनि त्यसको विरोधमा बोल्न नसकेको भन्दै उनले सभापति देउवाको चर्को आलोचना गरे ।

नेता सिटौलाले पार्टीभित्र योग्यता र क्षमताको आधारमा जिम्मेवारी नदिएकै कारण पार्टी आज कमजोर अवस्थामा पुगेको बताए ।


  •  
  •  
  •