राजनीतिक सहमतिका साथ मुलुकलाई अघि बढाउनुपर्छ : सभामुख महरा

1025
  •  
  •  
  •  

काठमाडौं, ४ चैत(ओएनएस) : सभामुख कृष्णबहादुर महराले राजनीतिक सहमतिका साथ मुलुकलाई अघि बढाउनुपर्नेमा जोड दिएका छन् ।

ललितपुर उद्योग वाणिज्य संघको ५२ औं स्थापना दिवसको अवसर पारेर सोमबार ललितपुरमा आयोजित एक कार्यक्रममा बोल्दै सभामुख महराले राजनीतिक अस्थिरता जन्माउने खालका गतिविधि भइरहेकोमा चिन्ता व्यक्त गरेका थिए ।

उनले मुलुकको समृद्धिमा केन्द्रित हुने गरी राजनीतिक सहमतिका साथ अघि बढन सरकारलाई आग्रह गरे ।

निजी क्षेत्रमैत्री हुने गरी कानून निर्माण गर्ने काममा आफूले सक्दो पहल गर्ने प्रतिवद्धता समेत सभामुख महराले व्यक्त गरे ।

समाजवाद उन्मुख अर्थतन्त्र निर्माणका लागि निजी क्षेत्रलाई प्रोत्साहन गर्न सरकारको पनि गम्भीर ध्यानाकर्षण गराए ।

निजी क्षेत्रले पनि लगानी मैत्री वातावरण निर्माण हुने गरी कानुन बनाउन सरकारसँग छलफल गरेरै अघि बढनुपर्ने सभामुख महराको भनाइ छ ।

सभामुख महराले सरकारले संविधानले व्यवस्था गरेको समाजवाद उन्मुख अर्थतन्त्र निर्माणका लागि निजी क्षेत्रसँग सहकार्य गरेर अघि बढनुको विकल्प नरहेको बताए ।


  •  
  •  
  •